शीर्ष नेतासम्म पहुँच हुनेले मात्र निर्वाचनको लागि टिकट पाउने संस्कारको अन्त्य हुनुपर्छ ।

0
230

१० कात्तिक काठमान्डौँ । विभिन्न राजनीतिक दलका नेताले मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनामा दलित समुदायलाई प्रत्यक्षतर्फ टिकट उपलब्ध गराउनुपर्ने माग गरेका छन् । दलित महिला संघ फेडो ले आज आयोजना गरेको ‘आसन्न निर्वाचनमा दलित प्रतिनिधित्व, अवसर र चुनौती’ विषयक अन्तक्र्रियामा विभिन्न दलका दलित नेताले आफूहरूको पनि पार्टीमा योगदान रहेको र प्रत्यक्ष निर्वाचन लड्नयोग्य भएको भन्दै आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा प्रत्यक्षतर्फ टिकट उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले संविधान संशोधन, काूनन र निर्वाचन प्रणाली संशोधनका लागि दलित समुदायले संयुक्त रूपमा संघर्ष गर्नुपर्ने बताए । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तिलक परियारले प्रतिनिधि सभा र प्रदेश सभामा दलित समुदायको सहभागिता बढाउनका लागि पार्टीभित्र सक्दो पहल भइरहेको बताए ।

नेकपा एमालेका नेता जीतु गौतमले पैसा र पार्टीको शीर्ष नेतासम्म पहुँच हुनेले मात्र निर्वाचनको लागि टिकट पाउने संस्कारको अन्त्य गरिनुपर्नेमा जोड दिए ।नयाँ शक्ति नेपालका सह–संयोजक दुर्गा सोव, निवर्तमान सांसद टेकु नेपाली, दलित अधिकारकर्मी भक्त विश्वकर्मा, चक्र विश्वकर्मा र ९फेडो० का अध्यक्ष कला स्वर्णकारले थप अधिकार प्राप्तिका लागि संयुक्त दलित आन्दोलनको आवश्यकता औँल्याए । दलित समुदायबाट पहिलो संविधान सभामा ५० जना तथा दोस्रो संविधान सभामा ४० जना सांसदको सहभागिता रहेको थियो ।