राष्ट्रियसभा निर्वाचनमा सातै प्रदेशमा गठबन्धनले क्लिन स्वीप गर्दा विपक्षी दलहरुको पत्तासाफ भएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र जसपाले गठबन्धन गर्दा विपक्षी नेपाली कम्युनिष्ट पार्टी नेकपाको पत्तासाफ भएको हो ।
कोशीमा गठबन्धनका उम्मेदवारहरु दलित समुहबाट सोमनाथ पोर्तेल, महिलामा रोशनी मेचे र अन्य समुहमा कांग्रेसका सुनिलबहादुर थापा निर्वाचित भएका छन् ।
मधेशमा कांग्रेसका प्रभावशाली नेता रञ्जित कर्ण अल्पसंख्यक तथा मधेशी समुहबाट, एमाले नेतृ रेखा झा महिला कलस्टरतर्फ निर्वाचित भएका छन् । दलितर्फ धमेन्द्र पासवान र अन्य कलस्टर तर्फ जसपाका महन्थ ठाकुर विजयी भएका छन् ।
बागमतीमा पनि गठबन्धनकै उम्मेदवारको बर्चस्व देखिएको छ । जहाँ अन्य कलस्टरतर्फ एमालेका डा. प्रेम प्रसाद दंगाल र महिला समुह तर्फ कांग्रेसकी गिता देवकोटा भारी मतान्तरले जितेका छन् ।
गण्डकीमा कांग्रेसका जगत तिमल्सेना र एमालेकी सम्झना देवकोटाले महिला समुहमा विपक्षीलाई निल्नु न ओकल्नु बनाउँदै राष्ट्रिय सभा सदस्यमा बाजी मारे ।
लुम्बिनीमा पुर्वमन्त्री रामकुमारी झाँक्री एमालेबाट, अपाङ्गतातर्फ कांग्रेसका बासुदेव घिमिरे जंगली र अन्य समुहमा कांग्रेस कै चन्द्रबहादुर केसीले जित हात पारेका छन् ।
कर्णालीमा अन्यतर्फ कांग्रेसका ललितजंग शाही र महिला क्लस्टरबाट एमालेकी मिनासिंह रखाल निर्वाचित भए ।
र सुदुरपश्चिममा अन्य समुहतर्फ कांग्रेसका खम्मबहादुर खाती र महिला कोटा तर्फ एमालेकी लिला कुमारी भण्डारीले बाजी मारेका छन् ।







