२०८३ जेष्ठ १७ गते आईतवार
२०८३ जेष्ठ १७ गते आईतवार

चुनाव लड्न गएपछि स्थानीय तह नेतृत्वविहीन, कति पद रिक्त भए ?

काठमाडौं । फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखहरू नै निर्वाचनमा हुमिएपछि स्थानीयतह अहिले नेतृत्व विहीन वनेका छन् ।

कैलाली जिल्लाको टीकापुर नगरपालिका हाल नेतृत्वविहीन अवस्थामा पुगेको छ । नगरपालिकाका उपमेयर करिब दुई वर्षअघि जग्गासम्बन्धी प्रकरणमा मुछिएर निलम्बित भएका थिए । यही अवस्थामा मेयर रामलाल डगौरा थारुले माघ ६ गते प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराउन राजीनामा दिएपछि पालिका पूर्ण रूपमा नेतृत्व विहीन बनेको हो । यसरी प्रतिनिधिसभा निर्वाचनमा भाग लिन विभिन्न स्थानीय तथा प्रादेशिक जनप्रतिनिधिहरूले पदबाट राजीनामा दिएका छन् ।

पाँच प्रदेशका १६ जना प्रदेशसभा सदस्यहरूले राजीनामा दिएका छन् । कोशीमा १, मधेशमा ४, बागमतीमा ६, लुम्बिनीमा ४ र सुदूरपश्चिममा १ जनाले पद त्यागेका छन् । गण्डकी र कर्णाली प्रदेशमा भने कसैले राजीनामा दिएका छैनन् । स्थानीय तहमा पनि यस्तै देखिएको छ । ७ जना मेयरहरूले राजीनामा दिएका छन् । जसमा काठमाडौंका बालेन शाह, भरतपुरकी रेणु दाहाल, धरानका हर्क साम्पाङ, धुलिखेलका अशोक बेञ्जु, रङ्गेलीका दिलीपकुमार अग्रवाल, सूर्योदयका रणबहादुर राई र टीकापुरका रामलाल डगौरा थारु छन् ।

यसबाहेक ३ जना गाउँपालिका अध्यक्ष र १ जना उपाध्यक्षले पनि पद छोडेका छन् । निर्वाचन आयोगका अनुसार, संसदीय निर्वाचन र अन्य कारणले करिब ४५ स्थान रिक्त छन् । यस्तो रिक्तताले सेवा प्रवाहमा गम्भीर असर पार्ने चेतावनी जानकारहरूले दिएका छन् ।

स्थानीय तह पाँच वर्ष अविच्छिन्न सेवा दिने निकाय हो, रिक्तताले जनताको दैनिक जीवन प्रभावित बनेको छ । टीकापुरमा मेयर र उपमेयर दुवै पद रिक्त हुँदा सेवा प्रवाह निकै कठिन भएको छ ।

कानुनअनुसार, स्थानीय तहमा एक वर्षभन्दा बढी पदावधि बाँकी रहे रिक्त पदमा उपनिर्वाचन गर्नुपर्छ । प्रदेशसभामा ६ महिनाभन्दा बढी बाँकी रहे उपनिर्वाचन सम्भव छ । निर्वाचन आयोगले फागुन २१ गते प्रतिनिधिसभा चुनावपछि सरकारसँग परामर्श गरी उपनिर्वाचनको तयारी गर्ने जनाएको छ ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।