प्रचण्डका कारण चितवनमा बाम गठबन्धनलाई उमेद्धार छान्न कठिन,मनोनयन दर्ता अन्यौलमा ।

0
286

कार्तिक १६ चितवन । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन आज सम्म पनि चितवन जिल्लामा भने वाम गठबन्धनले प्रत्यक्षतर्फको उम्मेदवार अझै टुंग्याउन सकेको छैन ।

प्रतिनिधि सभाको तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लागे पनि प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार टुंगो नलागेको माओवादी केन्द्र चितवनका जिल्ला नेता घनश्याम दाहालले बताएका छन् ।

आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन पुगेर उम्मेदवारको टुंगो उम्मेदवारको टुंगो लगाउने र मनोनयन दर्ता गर्ने बताइएको छ । चितवनमा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा एमालेका नेता सुरेन्द्र पाण्डे र क्षेत्र नम्बर २ मा जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालको उम्मेदवारी तय भएको छ ।