२० कात्तिक , काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १५ दिनभित्र घर छाड्न घर धनीले आग्रह गरेका छन् । भाडामा बस्दै आएका पुर्व राष्ट्रपति डा.यादवलाई घर धनी रविभक्त विष्टले सार्वजनिक सूचना जारी गर्दै १५ दिन भित्र घर खाली गर्न भनेका हुन् ।सोमबार दैनिक पत्रिकामा सूचना निकालेर विष्टले घरको भाडा नपाएको र सम्झौतासमेत नवीकरण नगरेको भन्दै राष्ट्रपति कार्यालय शीलतनिवास र पूर्व राष्ट्रपतिको सचिवालयलाई घर खाली गर्न आग्रह गरेका हुन् । विष्टले १५ दिनभित्र आफ्नो घर नछाडे कानुन बमोजिम अघि बढ्ने चेतावनीसमेत दिएका छन् ।
ललितपुर महानगरपालिका–४ बागडोलमा रहेको घरमा २०७२ साल कात्तिक २ गतेदेखि पूर्व राष्ट्रपति यादव बस्दै आएका छन् । घरको सम्झौता गएको साउन १ गते नै सकिए पनि सरकारले नवीकरण र भाडा चुक्ता नगरेको सूचनामा उल्लेख गरिएको छ।घरबेटी विष्टले प्रकाशित गरेको सूचनामा भनिएको छ(‘सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र घर कम्पाउण्ड पूर्ववत अवस्थामा खाली गरी १०७४र४र१ देखि खाली गर्दासम्मको घरबहाल तथा विजुलीको बिल वमोजिमको रकम उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु । अन्यथा कानून बमोजित भर्इ जाने व्यहोरा सादर अनुरोध छ ।’ विष्टले यसअघि पनि आफ्नो घर खाली गरिदिन लिखित तथा मौखिक आग्रह गर्दै आए पनि सुनुवाई नभएपछि सार्वजनिक सूचना नै जारी गर्नुपरेको उल्लेख गरीएको छ ।