२०८२ चैत्र ३० गते सोमबार
२०८२ चैत्र ३० गते सोमबार

पाल्पामा टिपर दुर्घटना, चार जनाको मृत्यु

पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पाल्पाको झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु२ख ४५२५ नम्बरको टिपर माथागढी गाउँपालिका–७ रहबासस्थित भित्रि सडकमा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार मृत्यु हुनेमा टिपर चालक अर्घाखाँची सितगंगा नगरपालिका वडा नम्बर ४ सिद्दाराका २६ वर्षीय चिन्ता बहादुर सुनार, २६ वर्षीय सुनिल विक, रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर २ खैरेनी बस्ने अन्दाजी २६ वर्षीय सुनिल नेपाली र पाल्पा तानसेन नगरपालिका वडा नम्बर १० पटुवा बस्ने ३३ वर्षीय राजन चिदी रहेका छन्।

तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा भैरहवा मेडीकल कलेज रूपन्देहीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

टिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।