२०८३ असार ९ गते मंगलवार
२०८३ असार ९ गते मंगलवार

एमालेले भन्यो- सरकारले अपहरणको शैलीमा विष्णु पौडेललाई गिरफ्तार गर्‍यो

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतमा रहेका बेला सरकारले गैरकानुनी ढंगले पक्राउ गरेको भन्दै त्यसको कडा विरोध गरेको छ।

सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा उपाध्यक्ष पौडेललाई ‘अपहरण शैलीमा’ गिरफ्तार गरिएको उल्लेख गर्दै एमालेले उक्त कदमको घोर निन्दा तथा भर्त्सना गरेको छ । वक्तव्यमा एमाले सधैं कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिएको दाबी गर्दै वर्तमान सरकारले विपक्षी दलहरूमाथि अराजनीतिक र अलोकतान्त्रिक व्यवहार गरिरहेको आरोप लगाइएको छ ।

एमालेले पौडेल पार्टीको सांगठनिक कार्यक्रमका लागि सुर्खेतमा रहेको र कार्यक्रम सम्पन्न गरी भोलिपल्ट काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यतालिका रहेको जनाएको छ । पार्टीले सामान्य कानुनी प्रक्रिया अपनाएर पनि सोधपुछ गर्न सकिने अवस्था हुँदाहुँदै नियतवश गिरफ्तारी गरिएको दाबी गरेको छ ।

वक्तव्यमा सार्वजनिक पद धारण गरिसकेका तथा कानुनको सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई ‘सस्तो राजनीतिक खपत’ र ‘स्टन्ट’का लागि बदनियतपूर्वक पक्राउ गरिएको आरोप लगाइएको छ। एमालेले यसलाई पार्टी र अध्यक्ष ओलीमाथि भइरहेको श्रृंखलाबद्ध राजनीतिक प्रहार तथा षड्यन्त्रको निरन्तरता भएको उल्लेख गरेको छ।

एमालेले वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावादी तथा अधिनायकवादी बाटोतर्फ उन्मुख भएको आरोप लगाउँदै विपक्षी दलका नेताहरूलाई लक्षित गरेर गरिने यस्ता गतिविधि तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिएको छ।

पार्टीले सरकारका स्वेच्छाचारी तथा लोकतन्त्रविरोधी गतिविधिविरुद्ध सामूहिक प्रतिवाद गर्न सम्पूर्ण देशभक्त, न्यायप्रेमी तथा लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान समेत गरेको छ।

उपाध्यक्ष पौडेलको गिरफ्तारीबारे सरकारी निकायको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन। एमालेले यस विषयलाई राजनीतिक प्रतिशोधको रूपमा चित्रण गर्दै आन्दोलनका कार्यक्रमसमेत घोषणा गर्न सक्ने संकेत दिएको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।