२०८२ चैत्र ३० गते सोमबार
२०८२ चैत्र ३० गते सोमबार

नागरिकलाई सास्ती हुनेगरी मन्त्रीकाे गाडीलाई विशेष व्यवहार नगर्न ट्राफिक प्रहरीलाई गृहमन्त्री गुरूङकाे निर्देशन

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष व्यवहार नगर्न निर्देशन दिएका छन् ।

शनिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे आकस्मिक निरीक्षण गर्दै एसएसपी नवराज अधिकारीसहितका प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन् ।

`जनतालाई दुख दिने गरि भिआईपीलाई स्पेसल ट्रिट गर्ने हाेइन । नागरिकका लागि आवागमन सहज हुनुपर्याे । हामी नागरिककाे सेवक हाे,´ मन्त्री गुरूङले भने ।

गुरूङले मन्त्रीहरूलाई हतार भए समयमा निस्किनुपर्ने तर भिआईपी सवारीका नाममा आम नागरिकलाई दुख नदिन निर्देशन दिएका थिए ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।