२०८२ चैत्र १७ गते मंगलवार
२०८२ चैत्र १७ गते मंगलवार

ओली र लेखकलाई रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश जारी

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ । ओलीको न्यायाधीश मेघराज पोखरेल र लेखकको न्यायधीश कुमार रेग्मीको इजलासले सो आदेश गरेको हो ।

आइतबार ओलीका तर्फबाट श्रीमती राधिका शाक्य र लेखकको तर्फवाट श्रीमती पत्नी यशोदा लेखकले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

शनिबार प्रहरीले २३ र २४ भदौको घटनामा छानबिनका लागि पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो । त्यसविरुद्ध परिवारका तर्फबाट सर्वोच्चमा गैरकानुनी रूपमा थुनामा राखेको भन्दै निवेदन परेको थियो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।