साँझ बिहान
उसको भान्सामा तरकारी पाक्छ ।
कहिले काउली पाक्छ
कहिले फर्सी पाक्छ
पालुङ्गो, चम्सुर र रायो पनि पाक्छ
सानो प्लेटमा गोलभेडा पिनेर बनाएको चटनी
छेउमा हरियो खुर्सानी
च्वाट्ट च्वाट्ट जिब्रो पडकाउँदै खाएको कति राम्रो १
मेरो छिमेकी कति धनी छ ११
स्याउ र सुन्तलाको तरकारी नहुने
तरकारी खाउँ किन्न नसकिने
स्याउ भन्दा आलु महङ्गो
सुन्तला भन्दा गोलभेडा महङ्गो
दुइ छाक टार्न पनि कति सार्हो
गार्हो भो हजुर सार्है गार्हो
किसानको देशमा किसान नै मर्यो १
मेरो छिमेकी मस्त छ
हात चाटी चाटी दाल, भात र तरकारी खान्छ
बेलाबेलामा झ्यालबाट मेरो घरतीर हेर्छ
भुँडी मुसार्दै दायाँबायाँ हिंड्छ
सुनेको छु
उसको घरभित्र पैसाको भकारी छ रे
मेरो छिमेकी कस्तो धनी छ १
मेरो छिमेकी कस्तो धनी छ ११