२०८३ बैशाख १७ गते बिहीबार
२०८३ बैशाख १७ गते बिहीबार

तक्षशिला एकेडेमी : प्राचीन दर्शन र आधुनिक शिक्षाको अनुपम संगम

काठमाडौँको सामाखुशी नजिकै टोखा रोडमा अवस्थित तक्षशिला एकेडेमीले करिब तीन दशकदेखि गुणस्तरीय शिक्षामा आफूलाई स्थापित गरेको छ।

‘तक्ष’ र ‘शिला’ शब्दबाट बनेको तक्षशिलाले खस्रो ढुङ्गालाई कुशल मूर्तिकारले सुन्दर मूर्तिमा रूपान्तरण गरेजस्तै विद्यार्थीको मस्तिष्कलाई तिखारेर सफल मानव बनाउने उद्देश्यका साथ एकेडेमी अघि बढेको छ। यही दर्शनअनुसार दक्ष शिक्षकहरूको टोलीले विद्यार्थीको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गराउँदै सर्वाङ्गीण विकासमा ध्यान दिँदै आएका छन्।

सन् १९९८ मा प्रसिद्ध शिक्षसेवी तथा कूटनीतिज्ञ प्रा. डा. जयराज आचार्यको दूरदर्शी नेतृत्वमा स्थापना भएको यो संस्थाले झण्डै तीन दशक लामो गरिमामय इतिहास निर्माण गरिसकेको छ। सुरेशराज शर्मा र केदारभक्त माथेमा जस्ता प्रतिष्ठित शिक्षाविद्हरूको सद्भाव र आशीर्वाद प्राप्त गरेको तक्षशिला आज समाजको प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित छ। हाल पनि प्रा। डा। आचार्यको अभिभावकत्व तथा वरिष्ठ शिक्षाविद् एवं कुशल व्यवस्थापक नेत्रप्रसाद न्यौपानेको सक्रियताले संस्था नयाँ उचाइतर्फ अघि बढिरहेको छ।

यहाँबाट दीक्षित हजारौं विद्यार्थी देश–विदेशका प्रतिष्ठित पदमा कार्यरत छन्। हजारौं डाक्टर, इन्जिनियर तथा विभिन्न क्षेत्रमा सफल व्यक्तित्व उत्पादन गर्न सफल भएको तक्षशिलाले राष्ट्रियस्तरका कठिन प्रतिस्पर्धामा पनि उल्लेखनीय सफलता हासिल गर्दै आएको छ। हालै मात्रै एमबीबीएस प्रवेश परीक्षामा विद्यालयका विद्यार्थीले नेपालमै दोस्रो स्थान हासिल गर्नु शैक्षिक गुणस्तरको उदाहरण बनेको छ।

विद्यालयका विद्यार्थीहरूले कला, संगीत र खेलकुद क्षेत्रमा पनि उत्कृष्टता देखाएका छन्। तक्षशिलामा अध्ययन गरेका प्रोशेस पाण्डेले ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ मा पहिलो स्थान हासिल गरेका थिए भने प्रसिद्ध लोकदोहोरी गायिका कमला घिमिरे पनि यही विद्यालयमा अध्ययनरत छिन्। खेलकुद क्षेत्रमा फुटबलर रोहित चन्द र विमल घर्ती मगर तक्षशिलाका उत्पादन हुन्।

तक्षशिला एकेडेमीले केवल किताबी ज्ञानमा मात्र सीमित नभई विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिएको छ। यहाँ खेलकुद, आईटी, सामाजिक तथा व्यावहारिक शिक्षाका विभिन्न क्लबहरू सक्रिय छन्। एस्ट्रोनोमी क्लब नेपालकै पहिलो तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त खगोल विज्ञान क्लबका रूपमा परिचित छ, जुन संस्थाको विशिष्ट पहिचान बनेको छ। अनुसन्धानमुखी शिक्षा, प्रयोगात्मक सिकाइ र शैक्षिक भ्रमणलाई विद्यालयले प्राथमिकतामा राखेको छ।

प्राचीन तक्षशिला विश्वविद्यालयका आचार्य कौटिल्यलगायतका विचारकहरूको दर्शनबाट प्रेरणा लिँदै संस्था आधुनिक विज्ञान र मौलिक मूल्यबीच सन्तुलन कायम गर्दै विद्यार्थीलाई बौद्धिक, सामाजिक र भावनात्मक रूपमा सबल बनाउन केन्द्रित छ।

नेपाल सरकारको पाठ्यक्रमअनुसार विद्यालय तहमा कक्षा १ देखि १० सम्म र उच्च माध्यमिक तहमा विज्ञान, मानविकी, व्यवस्थापन, कानुन, होटल म्यानेजमेन्ट तथा कम्प्युटर विज्ञान विषय सञ्चालनमा छन्। उच्च शिक्षातर्फ त्रिभुवन विश्वविद्यालयसँग आबद्ध चारवर्षे बीबीएस कार्यक्रम पनि सञ्चालन भइरहेको छ।

भविष्यमा प्रतिष्ठित विश्वविद्यालय बन्ने लक्ष्यसहित अघि बढिरहेको तक्षशिला एकेडेमी गुणस्तरीय शिक्षाको खोजीमा रहेका अभिभावक र विद्यार्थीका लागि भरोसायोग्य गन्तव्य बनेको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।