काठमाण्डौं क्षेत्र नं.१० मा ठूला दललाई पछि पार्दै प्रणय सिंह महर्जन (मुन्ना) ।

0
8010

 

कार्तिक २७ काठमाण्डौं । काठमाण्डौ क्षेत्र नम्बर १० मा नेपाली काँग्रेस बि पी पार्टीका तर्फबाट केन्द्रीय सदस्य समेत रहेका प्रणय सिंह महर्जन (मुन्ना) चुनावी प्रचार प्रचासरमा होमिएका छन् । नेपाली काँग्रेसको इतिहासमा ३० बर्षको योगदान गरेका महर्जन नेपाली काग्रेस बि पी पार्टीबाट क्षेत्र नम्बर १० को बलियो उमेदवारका रुपमा देखिएका छन् । क्षेत्र नम्बर १० मा शिक्षा,स्वास्थ्य जस्ता मानविय आवश्यकताका क्षेत्रमा योगदान गरेर लोकप्रिय बनेका महर्जनलाई प्रतिनिधी सभाको उमेदवारको रुपमा पाउँदा स्थानियहरु दंग परेका छन् ।

एतिहासिक महत्व बोकेको किर्तिपुर क्षेत्रका प्राज्ञिक ब्यक्तिको पहिचान बनाएका महर्जन युवाहरुको प्रतिनिधीको रुपमा आफुले जनताको समस्या समाधान गर्ने उद्धेश्य लिएर चुनावी मैदानमा होमिएका छन् । स्थानिय स्तरमा भएका युवाहरुलाई स्वरोजगार बनाउने अठोटका साथ सानो लगानीमै आत्मनिरभर बनाउने प्रतिबद्धता जनाएका छन् । चन्दागिरि नगरपालिका,किर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिका भित्र भएका सांस्कृतिक र धार्मिक स्थलको केन्द्रको रुपमा बिकास गर्ने योजना उनको रहेको छ ।

दक्षिणकाली मन्दीर,मातातिर्थ,आदिनाथ,बाघभैरव,मच्छेनारायण,भालेश्वर महादेव,इन्दायणी,चिलन्चो,लगायत यस क्षेत्रमा रहेका धार्मिक तथा एतिहासिक महत्वका सम्पदाहरुको संबर्धन गरि पर्यटकिय नगरिको रुपमा घोषणा गर्दै सौराहा, पोखरा, लुम्बीनी जस्तै बिकास गर्ने योजना बनाएका छन् । यस्ता योजना कार्यन्वयन भएमा स्थानिय युवाहरुले स्वत रोजगारि पाउने दावीका साथ महर्जन चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । स्थानियको साथ र सहयोगले उनलाई हौस्याएको छ । उनि भन्छन् कृषि क्षेत्रको बिकासका लागि कृषकहरुलाई समय सापेक्षीत तालिम दिई बिषादी रहित खाद्यान्न उत्पादन गरि देशभरी पुर्याउने लक्ष्य लिएका छन् ।

नेपालको जेठो बिश्वबिद्यालयको रुपमा रहेको त्रिभुवन विश्वबिद्यालयलबाट उत्पादन भएका दक्ष जनशक्तिको उपयोग गर्दै बिद्यालय तह देखि कलेज तह सम्मको शिक्षामा आकर्षित गर्ने उनको योजना रहेको छ । बिगत २० बर्ष देखि अध्यापन गराउँदै आएका महर्जन आफ्ना बिद्यार्थी र अभिभावक तथा स्थानिय परिवर्तनकामी जनताको मतका आधारमा आफ्नो विजय सुनिश्चित भएको दावी गरेका छन् । स्थानिय नेतृत्वको अभावमा क्षेत्र नम्बर १० सँधै पछाडि परेको भन्दै आफुले बिजय हासिल गरे क्षेत्र नम्बर १० को मुहार नै फेरिदिने उनको प्रतिबद्धता छ । स्थानिय जनताले भोग्दै आएको खाने पानीको समस्या समाधान गर्न दुध पोखरीको पानीलाई ब्यबस्थीत बितरण गरि जनतालाई राहत दिन सकिने उनको योजना छ ।

जस्कालागि स्थानियले मेलम्चीको पानीको अपेक्षा नै गर्नु नपर्ने महर्जनको भनाई छ । आफ्ना प्रतिबद्धताहरु स्थानियको भित्री चाहना बमोजि भएकोले स्थानियको साथ आफुले पाउने महर्जनको भनाई छ । बाम गठबन्धनबाट उमेद्धार बनेका बाग्लुङ घर भइ ललितपुर बसोबास गर्ने हितमान शाक्य टुरिष्ट उमेद्धार भएको र क्षेत्र नम्बर १० मा कुनै पनि सम्बन्ध नभएकाले गठबन्धनमा आबद्ध भएका पार्टीका कार्यकताहरु पनि महर्जनको उमेद्धारी प्रति उत्साहित छन् । त्यस्तै नेपाली काँग्रेसका तर्फबाट उमेद्धार बनेका राजन के सी स्थानिय उमेद्धारको दावी गरे पनि क्षेत्र नम्बर १० बाट अन्यत्रै सरेका कारण स्थानिय असन्तुष्ट बनेका छन् । उनको पञ्चायती शैलीका कारण स्थानिय काँग्रेसीहरु असन्तुष्ट रहेको अवस्थाको फाईदा समेत महर्जनलाई हुने भएको छ ।

५० बर्षको अन्तराल पछि स्थानियले आफ्नै टोलका स्वच्छ छवि भएका सामाजिक ब्यक्तिलाई भोटहाल्ने अवसर पाएकाले सो अवसरको सदुपयोग गर्न उनले अपिल गरेका छन् । प्रजातन्त्रको पुर्न बहाली भएसंगै राजनितीक दलहरुबाट जनअपेक्षा पुरा नभएकोमा बढ्दै गएको आक्रोशलाई सम्बोधन गर्न सक्ने र समाज
रुपान्तरणको भूमिका खेल्न सक्ने महर्जन जस्तै क्षमतावान नेतृत्व खोजी रहेका आमनागरिकको चाहना पुरा गर्ने उनको भिजन रहेको छ । MBA,MA(eco) MA (pol)  गरि अर्थशास्त्रमा M.phil गरेका महर्जन जस्तो शिक्षित ब्यक्तिलाई मतदान गरि प्रतिनिधी सभामा पुर्याउन पाउने अवसर पाएको भन्दै राजनितीक दल भन्दा माथि उठर मतदान गर्न क्षेत्र नम्बर १० का मतदाता आतुर रहेका छन् ।

बिद्यार्थी राजनितीबाट आफ्नो राजनितीक करियर सुरु गरेका महर्जन २०६१ सालमा नेबिसंघ त्रि वीको सभापति भएर काम गरि सकेका छन् भने । २०७० सालको संबिधान सभाको दोस्रो निर्वाचनमा पार्टीलाई जिताउन बुद्धिजिवी उप समितीको संयोजक भई काम गरेको अनुभव रहेका महर्जन २०६० साल देखि डिएभी कलेजको प्रिन्सीपल,आइआइएमएस कलेजको सञ्चालक समितीको अध्यक्ष तथा किर्तिपुरको शहिद स्मारक कलेजमा अध्यापन समेत गराएको अनुभव र जनसम्पर्कले उनलाई अब्बल बनाएको छ । उनलाईलाई बिजय गराउन करुवा चिन्हमा मतदान गर्न पनि नेपाली काँग्रेस बि पी पार्टीले अपिल गरेको छ ।