बाम गठबन्धन प्रति कालिकोटे जनता आक्रोशित, एमालेका मतदाता भन्छन् माओबादी भन्दा काँग्रेस नै ठिक ।

0
3560

कालिकोट कार्तिक २९ । यति बेला प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनले गाउमा नागरिकलाई उत्साहित बनाएको छ । कर्णालीको छेउमा रहेको कालिकोट जिल्लामा पनि निर्वाचनको माहोलले छोएको छ । बिगतमा सत्रुतापुर्ण सम्बन्ध भएका दलहरु अहिले अंकमाल गर्दै निर्वाचनमा भोट मागेको हिंड्दा कालिकोटे जनता भने चकित परेका छन् । भोट माग्ने क्रममा गाउँ पसेका नेपाली काँग्रेसका प्रतिनिधि सभा उमेदवार भुपेन्द्रजंग शाहीलाई स्थानियले धेरै आशा र भरोसा राखेका छन् । स्थानियले राखेको चाहना पुरा गर्न पनि शाहीले जित्नै पर्ने अवस्था बनेको छ । बिकटको हिमाली जिल्ला भएकाले गाउँ गाउँ पुगेर मत माग्न निकै कठिन भए पनि शाही नेतृत्वको टोली दिन रात नभनी घर दैलो गर्न लागि परेको छ । गाउँका मतदाताको भनाई सुन्दा बिगतमा पाएको पिडालाई उनिहरुले आज पनि भुलेका छैनन् । एउटा सत्य यो हो की बिगतमा सत्रुता पुर्ण सम्बन्ध भएका एमाले माओबादीहरुको सहकार्यले कालीकोट बासीहरु झस्किएका छन् ।
आज एमालेलाई कम्युनिष्ट देख्ने माओबादीले हिजो एमालेका नेता तथा कार्यकर्ताका खुट्टा भाच्दा, टाउको फुटाल्दा, घर लुट्दा, घाँटी रेड्दा किन कम्युनिष्ट देखेन स्थानियको प्रश्न छ । उनिहरु
भन्छन् कालिकोटमा एमाले र काँग्रेसको एकता हुनु पर्ने हो तर यहाँ त ठिक उल्टो भयो । माओबादीसँग एमालेको एकताले काँग्रेसलाई नै फार्यदा पुग्ने स्थानियको भनाईले बिगतको तितो यथार्यले आज पनि उत्तिकै स्थान पाएको देखिन्छ । हिजो काँगे्रसका नेताको घर लुट्दा एमालेले आश्रय दिए । एमालेको घर लुटिदा काँग्रेले आश्रय दिए । एमाले र काँग्रेसको पीडा एउटैछ । भावना पनि एउटैछ । भने जनतालाई पिडा दिने माओबादीसंग एमालेको एकता केन्द्रमा मात्रै भएको भन्दा स्थानियहरु माओबादीलाई भोट हाल्नु भन्दा काँग्रेसका युवा नेतालाई नै भोट हाल्ने पक्षमा उभिउका छन् । ग्रामिण भेगका जनताको एउटै मत यो छ की के पी ओली र प्रचण्डले गरेको निर्णय हामीले किन मान्ने हामीले भोगेको समस्या न त ओली लाई थाहा छ न त प्रचण्डलाई नै त्यसैले हामी यस पटक त काँग्रेसलाई नै भोट हाल्ने हो भन्छन् स्थानियहरु । यसबाट कालिकोटका स्थानियहरु दुई कम्यसनिष्टको एकताबाट दुखि र निरास देखिएका छन् । यो प्रतिक्रिया प्रतिनिधि घटना मात्रै हुन् जुन सार्वजनिक भएका छैनन् । यस्तै बिगतको तिक्तताका कारण बाम गठबन्धनलाई समस्या हुने अनुमान लगाउन समस्या नहोला ।