२०८३ बैशाख २२ गते मंगलवार
२०८३ बैशाख २२ गते मंगलवार

प्रधानमन्त्रीको सचिवालयको स्पष्टीकरण- सञ्चारकर्मीलाई भिडियो खिच्न रोक्न निर्देशन दिएको होइन

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सचिवालयले प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडियो खिच्न अवरोध गरिएको भन्ने समाचारप्रति ध्यानाकर्षण जनाउँदै वास्तविक अवस्था स्पष्ट पारेको छ ।

जारी प्रेस नोटमा प्रधानमन्त्री कार्यालय परिसरमा देखिएको सवारी साधनको भीड व्यवस्थापन र सुरक्षा सतर्कतासम्बन्धी विषयमा प्रधानमन्त्रीले सुरक्षाकर्मीसँग सामान्य जिज्ञासा राखेको उल्लेख गरिएको छ । उक्त चासो केवल सवारी व्यवस्थापन र प्रशासनिक सहजतासँग सम्बन्धित रहेको सचिवालयको भनाइ छ ।

सचिवालयका अनुसार प्रधानमन्त्रीले सञ्चारकर्मीलाई कार्यक्षेत्रबाट हटाउन वा भिडियो खिच्न रोक्न कुनै निर्देशन दिएका छैनन् । प्रधानमन्त्री कार्यकक्षमा प्रवेश गरेपछि सुरक्षाकर्मीले गेटमा रहेका सञ्चारकर्मीलाई हट्न भनेको भन्ने गुनासो प्राप्त भएपछि सचिवालयले सम्बन्धित निकायसँग समन्वय गरी कुनै पनि प्रकारको पहुँच कटौती वा निषेध नगरिएको जानकारी गराएको जनाएको छ ।

सचिवालयले जहाँ सञ्चारकर्मीलाई सूचना संकलन र रिपोर्टिङका लागि अनुमति छ, त्यहाँ कुनै अवरोध नरहेको र भविष्यमा पनि नहुने पुनः स्पष्ट पारेको छ । साथै सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित विषयलाई प्रेसमाथिको अवरोधका रूपमा अतिरञ्जित नगर्न आग्रह गरिएको छ ।

सरकार प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक र संविधानप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै सञ्चार क्षेत्रसँग सहकार्य, पारदर्शिता र सुमधुर सम्बन्ध कायम राख्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

उक्त प्रेस नोट प्रधानमन्त्रीको सचिवालयका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालद्वारा जारी गरिएको हो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।