व्यवसायी गौचनको हत्यामा संलग्न थप दुई जना पक्राउ ।

0
240

१ मंसिर, काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप दुई जना आज पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बसन्त थेबे र धनराज योङहाङ छन् । उनीहरुलाई कपनबाट पक्राउ गरिएको गौचन हत्याको अनुसन्धान टोलीको नेतृत्व गरेका डिआइजी गणेश केसीले बताए । पक्राउ परेकाहरुको साथबाट दुई वटा पेस्तोल र १० राउण्ड गोली समेत बरामद भएको छ । घटनाका मुख्य योजनाकार समिरमान सिंह बस्नेत भने अझै फरार छन् । मागेजति फिरौती नदिएका कारण गौचनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।