२०८३ जेष्ठ ७ गते बिहीबार
२०८३ जेष्ठ ७ गते बिहीबार

प्रधानमन्त्रीले संसदमा आएर प्रश्नको जवाफ दिनुपर्ने अडानमा हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रतिनिधिसभा नियमावलीको नियम १५(२) अनुसार नेपाल सरकारका नेतृत्वकर्ता प्रधानमन्त्री संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको उत्तर दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘हाम्रो नियमावलीको नियम १५ को २ अनुसार नेपाल सरकारको नेतृत्व प्रधानमन्त्री ज्यु सदनमा आएर माननीयहरुले उठाउनु भएका प्रश्नहरुको उत्तर दिनुपर्ने हो या होइन यो मेरो प्रश्न ?’

सांसद साम्पाङले आफूले २०८३ सालको १ महिनाको २८ र २९ गते गृहमन्त्रालय, रक्षामन्त्रालय तथा अन्य मन्त्रालयसँग सम्बन्धित विभिन्न प्रश्न उठाएको उल्लेख गर्दै ती प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने माग गरे ।

उनले भने, ‘मैंले २०८३ साल १ महिना २८ र २९ गते केही प्रश्नहरु राखेको थिए । जो गृहमन्त्रालयसँग र रक्षामन्त्रालयसँग सम्बन्धित थिए । केही अन्य मन्त्रालयसँग पनि सम्बन्धित प्रश्नहरु थिए । ती प्रश्नहरुको उत्तर प्रधानमन्त्री ज्युले आएर दिनुपर्छ भन्ने म माग राख्छु ।’

उनले गृहमन्त्रालयसमेत प्रधानमन्त्रीले सम्हालेको भन्दै सुकुम्बासी समस्या, शान्ति सुरक्षा, सीमा विवाद तथा लिपुलेकसँग सम्बन्धित विषयमा आफूले प्रश्न उठाएको बताए ।

सांसद साम्पाङले संसदमा उठाइएका प्रश्नप्रति सरकार जिम्मेवार बन्नुपर्ने भन्दै प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने धारणा राखे ।

उनले भने, ‘गृहमन्त्रालय पनि प्रधानमन्त्रीले लिनुभएको छ । सुकुम्बासी लगायतका शान्ति सुरक्षासँग सम्बन्धित विषयहरुमा पनि मेरा प्रश्नहरु थिए । सिमासँग सम्बन्धित,लिपुलेकसँग सम्बन्धित विभिन्न खालका प्रश्नहरु हामीले सोधेका छौं । त्यसैले प्रधानमन्त्री ज्यु संसदमा आएर हामीले उठाएका प्रश्नको उत्तर दिनुपर्छ ।’

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।