२०८३ जेष्ठ २७ गते बुधबार
२०८३ जेष्ठ २७ गते बुधबार

कांग्रेसले बनायो छाया सरकार, कसलाई कुन मन्त्रालय ?

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारका कामकारबाहीको मूल्यांकन, निगरानी तथा संसदीय प्रतिपक्षी भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित ‘छाया सरकार’ गठन गरेको छ।

काँग्रेस संसदीय दलको बैठकले भीष्मराज आङ्देम्बेको संयोजकत्वमा छाया सरकार निर्माण गर्ने निर्णय गरेको हो। पार्टीले प्रतिपक्षमा रहँदा यसअघि पनि यस्तै अभ्यास गर्दै आएको थियो।

निर्णयअनुसार विभिन्न क्षेत्रगत मन्त्रालयको जिम्मेवारी काँग्रेसका सांसद तथा नेताहरूलाई तोकिएको छ। छाया सरकारको नेतृत्व भीष्मराज आङ्देम्बेले गर्नेछन्।

विभागीय जिम्मेवारी बाँडफाँट अनुसार गृह मामिलाको जिम्मेवारी प्रकाश सिंह कार्कीलाई दिइएको छ भने अर्थ क्षेत्र नरेन्द्रकुमार केरुङको जिम्मामा रहनेछ। परराष्ट्र मामिला सुनिलबहादुर थापाले हेर्नेछन्।

त्यसैगरी पूर्वाधार तथा विकाससम्बन्धी विषय मोहन आचार्य, शिक्षा तथा खेलकुद डा. फिर्दोस आलम, तथा स्वास्थ्य र खाद्य स्वच्छता क्षेत्र डा. चन्द्रमोहन यादवलाई जिम्मेवारी तोकिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी विषय विष्णुबहादुर खड्काले सम्हाल्नेछन् भने कृषि, वन तथा वातावरण क्षेत्र डा. प्रमीलाकुमारी गच्छदारलाई दिइएको छ। कानुन, न्याय तथा संसदीय मामिला खम्बबहादुर खाती र रक्षा क्षेत्र खड्ग शाहीको जिम्मामा रहनेछ।

सूचना तथा सञ्चार क्षेत्र मनमाया विश्वकर्मा, युवा, श्रम तथा रोजगार गीता गुरुङ तथा विज्ञान, प्रविधि र नवप्रवर्तनसम्बन्धी विषय सन्दीप रानाले हेर्ने गरी जिम्मेवारी निर्धारण गरिएको छ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी विषय सन्तोष सुब्बालाई दिइएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षासम्बन्धी क्षेत्र डा. गंगालक्ष्मी अवालको जिम्मामा रहनेछ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनसम्बन्धी विषय जनकराज गिरीले सम्हाल्नेछन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको जिम्मेवारी योगेश गौचनलाई प्रदान गरिएको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।