मतदाता शिक्षा नपाएको नवलपुरका स्थानियको गुनासो,निर्वाचन अधिकृत भन्छन् समय अझै बाँकी छ आत्तिनु पर्दैन ।

0
2019

मिना कंडेल मंसिर ७ नवलपुर,आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो चरणको निर्वाचनका लागि मतदाता शिक्षालाइ तिव्रता दिइएको छ। सदर मतमा वृद्धि र बदर मतमा कमि गराउनका लागि देशैभर मतदाता शिक्षालाई प्राथमिकता दिइएको छ। तर कतिपय स्थानका स्थानियवासिहरुले भने मतदाता शिक्षा नपाएको गुनासो गरिरहेका छन। कहिले मत खसाल्ने अनि कति ठाउमा मत खसाल्ने भन्ने वारेमा थाहा नभएको गुनासो आइरहेका समयमा निर्वाचन अधिकृत भेषराज घिमिरेले समय अझै वाकि रहेकाले निर्वाचनका सामाग्री सहित पुग्ने विश्वास ब्यक्त गर्नु भएको छ।

निर्वाचन आयोगले शिक्षक शिक्षीकालाइ खटाएको र उनिहरुलाइ विदा नमिलेका कारण निर्वाचनका सामाग्री गाउँ गाउँमा पुर्याउन ढिलाइ भएको घिमिरेको भनाई छ । गाउघरमा मतदाता शिक्षा कार्यक्रम पुग्न नसकेकोमा सर्वसाधारणको गुनासो आएको निर्वाचन कार्यालयले स्विकारेको छ। त्यस्तै वर्दघाट सुस्ता पुर्व नवलपुरमा मतदाताहरुलाइ आवश्यकपर्ने हाते पुस्तीका, मतदाताले वाम्वार सोधिने प्रश्नको जवाफ भएको संगालो, विभिन्न प्रकारका पोष्टर, फ्लिप चार्ट, लगाएतका सामाग्री निर्वाचन आयोगमा आइसकेको पनि घिमिरेले जानकारि दिएका छन। । आफुले दिएको प्रशिक्षणवाट मतदाता सामु कतिको प्रभावकारि रहेको छ भन्ने वारेमा अनुगमन भइरहेको पनि अधिकृत घिमिरेको भनाई छ। साथै शतप्रतिशत रुपमा सदर मत नभएपनि वदर मतको संख्यामा कमि आउने अधिकृत घिमिरेको दावी छ ।