दोलखाको मार्बुमा ३ राउण्ड हवाई फायर, नाम नभएको मतदाता मत स्थलमा

0
192

मंसिर १०,दोलखा। बैतेश्वर गाउँपालिका मार्बुमा कालिका माध्यामिक मतदान केन्द्रमा चुनावका क्रममा हवाई फायर भएका  छन् । मतदाता नामावलीमा नाम नै नभएकाहरु  भोट हाल्न आएकाले हवाई फायर गरेको हो । नामावली नभएकाहरुलाई त्यस ठाउबाट हटाइएको सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालले बताए । ३ राउण्ड हवाई फायर गरेर उनीहरु भागेपछि अहिले शान्तिपूर्ण रुपमा मतदान चलिरहेको बालकृष्ण कटुवालले जानकारी दिए  ।