बुटवल पावर कम्पनीले एफपिओको मूल्य घटायो

0
404

मंसिर ११,बुटवल । बुटवल पावर कम्पनी बिपिसीले प्रारम्भिक चरणमा तोकेको फर्दर पब्लिक अफरिङ एफपिओको पूरानो मूल्य घटाएर पाँच सय १८ रुपैयाँ प्रस्ताव गरेको छ । यस अघिको मुल्यलाई नेपाल धितोपत्र बोर्डले अस्विकार गरेपछि कम्पनीले नयाँ मूल्य प्रस्ताव गरेको हो ।

बिपिसीले अघिल्लो बर्षको चैतमा एफपीओका लागि धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले ४० लाख ८१ हजार कित्ता शेयर निष्कासनको लागि बोर्डसँग अनुमति मागेको हो । तर प्रारम्भिक चरणको अध्ययनमा बोर्डले तोकेको मुल्यांकन बिधि अनुसार मूल्य कायम नभएको भन्दै मूल्य सच्याएर पुनः ल्याउन बिपिसीलाई बोर्डले आग्रह गरेको थियो । बोर्डको यही आग्रह अनुरुप बिपिसीले पुनः प्रतिकित्ता पाँच सय एक रुपैयाँ प्रस्ताव गरी पठाएको छ ।

कम्पनीले प्रस्ताव गरेको नयाँ मूल्यमा धितोपत्र बोर्डले छलफल अगाडि बढाएको छ । कम्पनीले प्रस्ताव गरेको मूल्यमा अन्तिम स्वकृति दिने वा नयाँ मूल्य समायोजन गर्ने निर्णय भने भइसकेको छैन् ।

बिपिसीले जडित क्षमता साँढे ६६ मेगावाट रहेका २ वटा आयोजनाहरु ङादी र कावेली–ए को निर्माणका लागि लगानी जुटाउन एफपीओ निष्कासन गर्न लागेको हो । चीनको ठूलो जलविद्युत उत्पादक कम्पनीले संयुक्त लगानीमा एक हजार मेगावाट विद्युत उत्पादन गर्ने घोषणासँगै यो कम्पनीको शेयरमा आकर्षण बढेको छ ।