२०८३ श्रावण २ गते शनिबार
२०८३ श्रावण २ गते शनिबार

केपी ओलीको दाबी- दरबार हत्याकाण्ड दीपेन्द्रले गरेको हुँदै होइन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०५८ जेठ १९ गते राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले नगरेको जिकिर गरेका छन्।

शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा आफ्ना आमाबुवासहित सबै परिवार नै सखाप बनाउने गरी दीपेन्द्रले दरबार हत्याकाण्ड गरी आत्महत्या गरेको भनी फैलाइएको हल्लामा कुनै सत्यता नरहेको बताएका हुन्।

‘२०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड भयो। दरबार हत्याकाण्ड हुने वित्तिकै विश्वव्यापी रूपमा एउटा फैलियो, फलानो फलानोको लभ थियो, त्यो लभमा यस्तो भएको थियो, एउटा यस्तो रेडिमेड स्टोरी र दीपेन्द्र युवराज दीपेन्द्रले बाबु, आमा, भाइ, बहिनी, काका, काकीसहित वंशनाश गरेर आफूले पनि आत्महत्या गरे भन्ने एउटा रेडिमेड कथा विश्वव्यापी रूपमा पुर्‍याइयो’, उनले भने।

ओलीले अहिलेसम्म त्यही गलत सूचनाले काम गरिरहेको बताए। ‘२०औँ वर्ष त्यसले एकछत्र त्यो गलत सूचनाले राज गर्‍यो। सही सूचना के हो अझै थाहा छैन । बिना अध्ययन त्यो कथाको रचनाकार को हो ? त्यो पनि थाहा छैन। त्यो कथाको मूल वाचक को हो? त्यो पनि थाहा छैन। तर एउटा कथा रचना भया र वाचन गरियो। त्यो एकैचोटी विश्वव्यापी रूपमा फैलियो ।’

अध्यक्ष ओलीले दरबार हत्याकाण्ड दीपेन्द्रले प्रेम असफल भएर गरिएको कथा त्यस षड्यन्त्रमा संलग्नले बनाएको दाबी गरे।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।