विद्यालयमा मतगणना नगर्न अभिभावकहरुको माग

0
425

मंसिर १४ आदर्श विद्यालय विराटनगरमा मतगणना नगर्न अभिभावक लगायत स्कुल प्रशासनले माग गरेको छ ।

१६ सय विधार्थीको पढाइमा असर पर्ने भन्दै विद्यालय प्रशासन र अभिभावकले निर्वाचन कार्यालय सिडियो कार्यालयमा ज्ञापन पत्र समेत वुझाएका छन् । तर यता निर्वाचन अधिकृत प्रेमप्रसाद सञ्जेलले भने अहिले आएर कुनैपनि हालतमा मतगणनास्थल परिर्वतन गर्न नसकिने बताउनु भएको छ । उनले आगामी निर्वाचनमा विद्यालयको प्रयोगको विकल्प नभेटिएको भन्दै विद्यार्थीहरुमा पर्न गएको असर प्रति दुःख व्यक्त गरेकाछन् ।