२०८३ श्रावण २५ गते सोमबार
२०८३ श्रावण २५ गते सोमबार

नाबालिकाको डिम्ब प्रकरणमा नुतनले दिइन् इन्कारी बयान, हाजिर जमानीमा छुटिन्

नाबालिकाको डिम्ब किनबेच प्रकरणमा पक्राउ परेकी डा. नुतन शर्मा हाजिर जमानीमा छुटेकी छन् ।

सरकारी वकिलको कार्यालय ललितपुरले बिहीबार डा. शर्मालाई हाजिर जमानीमा राख्न आदेश दिएको हो ।

बिएन्डबी अस्पतालको आइभीएफ क्लिनिकबाट १७ वर्षीया किशोरीको डिम्ब निकालेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ । पछिल्लो समय फिलिपिन्समा रहेकी शर्मा नेपाल फर्किएपछि निवेदन दिएर अनुसन्धानका लागि उपस्थित भएकी थिइन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार उनलाई बिहीबार नियन्त्रणमा लिएर सोही दिन सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो । प्रहरी स्रोतका अनुसार बयानका क्रममा शर्माले आफूमाथिको आरोप अस्वीकार गरेकी छन् ।

यस घटनामा प्रहरीले यसअघि एक महिलालाई नियन्त्रणमा लिएर मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । प्रहरीले साउन १ गते इमाडोलमा बसेर ब्युटिसियनको काम गर्दै आएकी राधिका गोतामेलाई पक्राउ गरेको थियो ।

गोतामेले १७ वर्षीया किशोरीलाई आर्थिक प्रलोभनमा पारेर आइभीएफ क्लिनिकमा पुर्‍याई डिम्ब निकाल्न लगाएको आरोप छ । अनुसन्धानका क्रममा डिम्ब निकालेबापत किशोरीलाई ३० हजार रुपैयाँ दिइएको खुलेको प्रहरीले जनाएको छ ।

डिम्ब निकालेपछि किशोरी बिरामी परेपछि घटना बाहिर आएको थियो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।