छिटफुट घटना हुँदैमा शान्ति सुरक्षाको अवस्था विग्रेको भन्न मिल्दैन:प्रधानमन्त्री देउवा

0
188

मंसिर १५,कैलाली। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ढुक्कसंग मतदान गर्न आम मतदातालाई आग्रह गर्नु भएको छ ।
कैलालीको धनगढी विमानस्थलमा नेपाल प्रेस यूनियन कैलाली शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले सुरक्षाको ब्यबस्था कडा पारीएकाले ढुक्कसंग मतदान गर्न आग्रह गरेका हुन् ।

उनले पहिलो चरणको निर्वाचनमा केहि छिटपुट घटना घटेपनि दोस्रो चरणको निर्वाचनका लागि सुरक्षा बलियो पारिएको बताए। छिटफुट घटना हुदैमा शान्ति सुरक्षाको अबस्था बिग्रेको भन्न नमिल्ने पनि उहाँको तर्क थियो ।

प्रधानमन्त्री देउवा शुक्रवार नै डोटीको बोगटान, सायल र अछाममा आयोजना गरिने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बेलुकी भने गृहजिल्ला डडेलधुरा पुग्ने बताईएको छ ।