निधि र थापा बिचको टकरावलाई चिर्दै देउवाले गरे पृथ्वीजयन्तीमा बिदा दिने निर्णय

0
339

मंसिर १५,काठमाण्डौं । नेपाल सरकारले खारेज गरेको पृथ्वीजयन्ती बिदा लाई पुनः बिदा दिने निर्णय गरेको छ । जनआन्दोलन २०६२–६३ सालपछि बनेको गिरीजाप्रसाद कोइराला नेतृत्वको सरकारले पृथ्वीजयन्तीमा दिँदै आएको बिदा कटौती गर्ने निर्णय गरेको थियो ।

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकमा राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा वकालत गर्दै आएका राप्रपा अध्यक्षले पृथ्वीजयन्तीको दिन बिदा दिइनुपर्ने माग गरेका थिए थापाको उक्त प्रस्तावमा बिदा दिने निर्णय भएको खुलासा भएको छ ।पृथ्वीजयन्ती हरेक वर्ष पुस २७ गते मनाइने गरिएको छ ।

यस्तो थियो निधि र थापा बिचको लफडा

अघिल्लो सरकारले पृथ्वीजयन्तीको अवसरमा समेत बिदा दिनेगरी वर्षभरीको बिदा मन्त्रिपरिषदबाट स्वीकृत गरेको थियो । तर, तत्कालिन उपप्रधान तथा गृहमन्त्री नेता विमलेन्द्र निधि र कमल थापाको बिच बरीयता र व्यक्तित्वको टकरावले अन्तिम समयमा आएर बिदा रद्द गरिएको थियो । प्रचण्ड सरकारमा उपप्रधानमन्त्री रहेका कमल थापाले निधिको भन्दा माथिल्लो बरियता पाएपछि निधि रुष्ट बनेको र सोहि कारण थापालाई देखाइदिन आफू मातहतमा रहेको बिदासम्बन्धी निर्णयमा पृथ्वीजयन्तीको बिदा हटाएको चर्चा आएको थियो । तर यतिबेला राजनीतीक परिदृश्य बदलीएको छ राप्रपासहितको लोकतान्त्रिक गठबन्धन बनेको र यि दुई नेता बिचको द्धन्द पनि सेलाएको हँदा यो बिदाले स्वीकृती पाएको छ र पूनः १० वर्षपछि पृथ्वीजयन्तीमा बिदा दिने निर्णय भएको छ ।