२०८३ भाद्र २१ गते आईतवार
२०८३ भाद्र २१ गते आईतवार

डा. माकजू र पूर्वसचिव खनाललाई हेमबहादुर मल्ल सम्मान प्रदान गरिने

नेपाल जन प्रशासन संघले सार्वजनिक प्रशासन, व्यवस्थापन तथा सार्वजनिक सेवाका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका दुई व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान गरिने भएको छ ।

संघका अनुसार वर्ष २०८१ को सम्मान धुलिखेल अस्पतालका संस्थापक डा। रामकण्ठ माकजू श्रेष्ठ र वर्ष २०८२ को सम्मान पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई अर्पण गरिनेछ।

नेपाल सरकारका पूर्वसचिव श्री श्रीकृष्ण ज्ञवालीको संयोजकत्वमा गठित छनोट समितिको सिफारिसका आधारमा यो निर्णय गरिएको हो। धुलिखेल अस्पतालमार्फत गुणस्तरीय स्वास्थ्य सेवा र संस्थागत विकासमा पुर्याएको योगदानका लागि डा। माकजूलाई तथा सार्वजनिक प्रशासन, नीति निर्माण र सेवा सुदृढीकरणमा पुर्याएको योगदानको कदर गर्दै खनाललाई सम्मान गर्न लागिएको संघले जनाएको छ।

उनीहरुलाई यही भदौ ८ गते सोमबार एक विशेष समारोहकाबीच सम्मानपत्र सहित नगद दुइ लाख धनराशीले सम्मान गरिने छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनको साझेदारीमा वि.सं. २०६० देखि संघले ख्यातिप्राप्त प्रशासक स्व. हेमबहादुर मल्लको स्मरणमा यो सम्मान प्रदान गर्दै आएको छ।
हालसम्म विभिन्न क्षेत्रका २१ जना विशिष्ट व्यक्तित्वहरू यस सम्मानबाट सम्मानित भइसकेका छन्।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।