२०८३ भाद्र १७ गते बुधबार
२०८३ भाद्र १७ गते बुधबार

नागढुंगा नजिकै सडक भासियो, ठूला सवारी सुरुङमार्गबाट पठाइँदै

पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा नजिकै पातले वनमा सडकको केही भाग भासिएपछि सवारी आवागमन प्रभावित भएको छ । आज बिहान सडकको केही भाग भासिएपछि हाल पेट्रोलियम पदार्थ बोक्ने सवारीसाधन र दुईपांग्रे सवारीलाई सोही स्थानबाट एकतर्फी रूपमा आवतजावत गर्ने व्यवस्था मिलाइएको छ ।

अन्य सबै सवारीसाधनलाई भने नागढुंगा सुरुङमार्ग हुँदै पठाउने व्यवस्था गरिएको सडक विभागले जनाएको छ । सडक भासिएको स्थानको स्थलगत निरीक्षण तथा आवश्यक प्राविधिक अध्ययनका लागि विभागको प्राविधिक टोली परिचालन गरिएको छ । अध्ययनपछि आवश्यक मर्मतसम्भार गरी यातायात सेवा चाँडै पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागले जनाएको छ ।

सडकको अवस्था र मर्मत कार्यका कारण यस खण्डमा यात्रा गर्ने सवारीसाधनले वैकल्पिक मार्ग तथा सुरुङमार्ग प्रयोग गर्नुपर्ने अवस्था रहेको छ ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।