२०८३ भाद्र १८ गते बिहीबार
२०८३ भाद्र १८ गते बिहीबार

भोटेकोशी बाढीबारे संसदमा प्रधानमन्त्रीको ब्रिफिङ, उद्धारदेखि पुनःस्थापनासम्मका कामबारे जानकारी

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति तथा सरकारले गरिरहेको उद्धार, राहत र पुनःस्थापनाका कामबारे जानकारी गराएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा समय माग गरेर प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछि सरकारले गरेका कामकारबाहीबारे विस्तृत जानकारी गराएका हुन्।

उनले बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सरकारले तत्कालै विभिन्न संयन्त्र परिचालन गरेको जानकारी दिँदै प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा अवरुद्ध सडक र सञ्चार सेवा सञ्चालनका लागि भइरहेको प्रयासबारे संसद्लाई अवगत गराएका छन्।

प्रधानमन्त्री शाहले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन भइरहेको र प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताए।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।