२०८३ भाद्र १८ गते बिहीबार
२०८३ भाद्र १८ गते बिहीबार

एसिसी प्रिमियर कप : मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालको लगातार दोस्रो जित,

एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहीबार मलेसियालाई ६ विकेटले हराउँदै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २२ औँ ओभरमा चार विकेटको क्षतिमा भेट्टाएको हो ।

नेपालका लागि ओपनर अर्जुन कुमालले ६८ बलको सामना गर्दा चार चौकाको मद्दतमा नटआउट ४५ रन बनाए । इशान पाण्डेले २० रन जोड्दा दिपेन्द्रसिंह ऐरीले १२ र रोहितकुमार पौडेलले १० रन थपे । आजको खेलमा ओपनर आशिफ शेख भने पहिलो बलमै आउट भएका थिए ।

१०४ रनको लक्ष्य पछ्याएको नेपालले २१ ओभर ४ बलमा १०६ रन रन बनाउँदै शानदार जित निकालेको हो ।

टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि करण केसीले चार विकेट हात पारेका थिए । सात ओभर तीन बल बलिङ गर्दै केसीले दुई मेडनका साथ २३ रन दिएर चार विकेट हात पारेका हुन् ।

टस हारेर पहिला फिल्डिङ गरेको नेपालले आयोजक मलेसियालाई ३२ ओभर ३ बलमा अलआउट गरेको थियो।

नेपालका लागि करण केसीले चार विकेट हात पार्दा ललितनारायण राजवंशीले दुई, कप्तान सन्दीप लामिछाने, हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट हात पारे ।

मलेसियाका लागि कप्तान सैयद अजिजले ३० रन बनाउँदा अकिल वाहिदले २४ रन जोडेका थिए ।

पहिलो खेलमा बहराइनलाई सात विकेटले हराएको नेपाल आज दोस्रो जित निकालेको हो । यो जितसँगै दुई खेलमा चार अंक जोडेको नेपाल तालिकाको शीर्ष स्थानमा छ ।

समूह चरणको तेस्रो खेल नेपालले भदौ २१ गते साउदी अरेबियासँग र अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्ने तालिका छ। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् भने विजेता टोलीले सन् २०२७ को एसिया कपमा सिधै स्थान बनाउनेछ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।