२०८३ आश्विन १५ गते बिहीबार
२०८३ आश्विन १५ गते बिहीबार

भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन, मिति तय नभए पनि दुवै पक्ष सकारात्मक

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका लागि नेपाल र भारत दुवै पक्ष सकारात्मक छलफलमा रहेको बताएका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले प्रधानमन्त्री साहको भारत भ्रमणको मिति भने अहिलेसम्म तय नभएको जानकारी दिए। उनले उपयुक्त समयमा भ्रमणलाई परिणाममुखी र अर्थपूर्ण बनाउने विषयमा दुवै पक्ष सकारात्मक रहेको बताए।

मन्त्री खनालका अनुसार सरकार गठन भएलगत्तै भारतबाट प्रधानमन्त्रीको भ्रमणका लागि निमन्त्रणा प्राप्त भएको थियो। नेपालले उक्त निमन्त्रणालाई सकारात्मक रूपमा लिएको भन्दै उनले उपयुक्त समयमा प्रधानमन्त्रीको भारत भ्रमण हुने बताए।

उनले भने, “प्रधानमन्त्रीज्यूको भारत भ्रमणका विषयमा प्रारम्भदेखि नै निमन्त्रणा प्राप्त भएको र नेपालले त्यसलाई सकारात्मक रूपमा लिएको छ। उपयुक्त समयमा परिणाममुखी भ्रमण गर्ने विषयमा दुवै पक्ष सकारात्मक छन्। यद्यपि भ्रमणको मिति भने अहिलेसम्म तय भइसकेको छैन।”

मन्त्री खनालले सरकार गठन भएलगत्तै भारत र चीनसँगको सम्बन्धलाई प्राथमिकतामा राखेर दुवै छिमेकी मुलुकका भ्रमणमार्फत नेपालको प्राथमिकता स्पष्ट रूपमा प्रस्तुत गरिएको बताए।

संयुक्त राष्ट्रसंघको महासभाका क्रममा विश्वभरका राष्ट्र तथा सरकार प्रमुख र परराष्ट्रमन्त्रीसँग भएका भेटवार्तालाई नेपालको राष्ट्रिय हित प्रवद्र्धनमा उपयोग गरिएको उनको भनाइ छ।

महासभाका क्रममा नेपालले भोटेकोशी बाढीपछिको विपद् अवस्था, जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका चुनौती तथा विपद् व्यवस्थापनका विषय अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको उनले बताए।

मन्त्री खनालले ८१औँ महासभा नेपालको हित प्रवद्र्धनका दृष्टिले फलदायी रहेको दाबी गर्दै प्राप्त अवसरलाई अधिकतम रूपमा उपयोग गरिएको बताए।

सरकारले छिमेकी मुलुकसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ र नतिजामूलक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

 
 

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।