२०८३ आश्विन १५ गते बिहीबार
२०८३ आश्विन १५ गते बिहीबार

कालो धन नियन्त्रण गर्न संसद्मा नोटबन्दीको माग, ५ सय र हजारका नोट हटाउन प्रस्ताव

प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा सांसदहरूले मुलुकमा थुप्रिएको अवैध सम्पत्ति तथा कालो धन नियन्त्रण गर्न ५ सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले भ्रष्टाचार गरी थुपारिएको पैसा बैंकिङ प्रणालीमा ल्याउन वा निष्क्रिय बनाउन नोटबन्दीको विकल्प नरहेको बताएपछि यो विषयले संसद्मा बहसको रूप लिएको हो ।

सांसद न्यौपानेले ३५ वर्षदेखि राज्य दोहन गरेर जम्मा पारिएको कालो धनले सुशासनमा चुनौती थपेको बताए । भारतको उदाहरण दिँदै उनले नेपाल राष्ट्र बैंक ऐनमा रहेको व्यवस्थाको प्रयोग गरेर तत्काल पुराना नोट विस्थापन गर्न सरकारसँग आग्रह गरे ।

‘भ्रष्टाचारीहरूले लुकाएको पैसा खरानी बनाउन र देशलाई सुशासनको मार्गमा अगाडि बढाउन सरकारले तत्काल नोटबन्दी गरी नयाँ नोट जारी गर्नुपर्छ,’ न्यौपानेले भने ।

न्यौपानेको प्रस्तावलाई समर्थन गर्दै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले आफ्नो दलको पूर्ण समर्थन रहेको बताए ।

दुलालले नोटबन्दी कार्यान्वयनका लागि आवश्यक परे सांसदहरूको हस्ताक्षर अभियान सञ्चालन गर्नसमेत तयार रहेको बताए । सत्तामा रहेको दलले नोटबन्दी कार्यान्वयन गर्न किन ढिलाइ गरिरहेको भन्दै उनले प्रश्नसमेत गरे ।

‘हाम्रो दलको तर्फबाट पूर्ण समर्थन छ । तर सत्तामा रहेको दलले यो काम गर्न किन ढिलाइ गरिरहेको छ ? सम्माननीय सभामुखज्यू, यस विषयमा रुलिङ होस्,’ दुलालले भने ।

सांसदहरूले अवैध सम्पत्ति तथा कालो धन नियन्त्रणका लागि उच्च दरका नोटमाथि प्रतिबन्ध लगाउने विषयलाई संसद्मा उठाएपछि यो विषय नोटबन्दीसम्बन्धी बहसका रूपमा अघि आएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।