२०८३ आश्विन १५ गते बिहीबार
२०८३ आश्विन १५ गते बिहीबार

पावर म्याक्स टाइगरको, गेमिङ महिलाको !

काठमाडौँ । नेपालमा महिला ई–स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमता प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय महिला PUBG मोबाइल च्याम्पियनसिप २०२६ को अन्तिम प्रतिस्पर्धा आज काठमाडौँको महाराजगञ्जस्थित शुभ इन्टरटेन्मेन्टमा हुँदैछ।

कुल २४ महिला टोलीको सहभागिताबाट सुरु भएको प्रतियोगितामा उत्कृष्ट १६ टोली फाइनल चरणका लागि छनोट भएका छन्। आज हुने फाइनलमा ती १६ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर रहेको आयोजकले जनाएको छ।

महिला ई–स्पोट्र्सको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीहरूलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताले नेपाली महिला खेलाडीहरूको प्रतिभा, क्षमता र सम्भावनालाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।

फाइनल प्रतिस्पर्धामा म्याक्स टाइगर इनर्जी ड्रिङ्कको सहकार्य रहेको छ। म्याक्स टाइगरको ‘पावरप्याक्ड’ ऊर्जासँगै फाइनलको जोश, उत्साह र प्रतिस्पर्धात्मक माहोल थप रोमाञ्चक बन्ने आयोजकको अपेक्षा छ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।