२०८३ आश्विन १५ गते बिहीबार
२०८३ आश्विन १५ गते बिहीबार

पूँजी बजारलाई आधुनिक बनाउन नयाँ धितोपत्र विधेयक ल्याउन अर्थ समितिको निर्देशन

अर्थ समितिका सभापति कृष्णहरि बुढाथोकीले नेपालको पूँजी बजारलाई आधुनिक, प्रविधिमैत्री, व्यवस्थित, पारदर्शी, विश्वसनीय र लगानीमैत्री बनाउन नयाँ कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन् ।

बुधबार बसेको अर्थ समिति बैठकमा बोल्दै उनले धितोपत्र निष्कासन, सूचीकरण, बजार सञ्चालन तथा नियमनसँगै लगानीकर्ताको हित संरक्षण हुने गरी नयाँ धितोपत्रसम्बन्धी विधेयक तयार गर्नुपर्ने बताएका हुन् ।

सभापति बुढाथोकीले नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को भूमिका, जिम्मेवारी तथा जवाफदेहिता स्पष्ट हुने गरी नयाँ विधेयक तर्जुमा गरेर संघीय संसद्मा तत्काल प्रस्तुत गर्न अर्थ मन्त्रालय र सेबोनलाई निर्देशन दिनुपर्ने बताए ।

बैठकमा कम्पनीहरूले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दा कम्पनीको अवस्था, पूर्वाधार, नेटवर्क, प्रतिफललगायतका आधारमा वर्गीकरण गरी प्राथमिकता निर्धारण गर्ने व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो ।

त्यसैगरी, आईपीओ निष्कासनका क्रममा संस्थापकले धारण गर्नुपर्ने सेयरसम्बन्धी व्यवस्थाको समेत पुनरावलोकन गर्न सेबोनलाई निर्देशन दिने विषयमा छलफल भएको छ । 

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।