२०८३ आश्विन २१ गते बुधबार
२०८३ आश्विन २१ गते बुधबार

२ लाख धरौटीमा रिहा भए दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईं २ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंले विद्युतीय कारोबारसम्बन्धी कसुरमा उनलाई २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। आदेशपछि उनी केहीबेरअघि अदालतबाट छुटेका हुन्।

प्रसाईंलाई असार १२ गते साइबर ब्युरोले पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीपछि उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको थियो।

प्रसाईंमाथि युट्युबमार्फत सांसद खतिवडाका छोराको मृत्यु र उनको सांसद पदलाई जोडेर अपमानजनक तथा आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लागेको थियो।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।