नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत २२ असोजमा हुने सभापति पदको निर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ।

निर्वाचन समितिका अनुसार सभापतिका लागि गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गराएका छन्।
सभापति पदमा सबैभन्दा पहिले नेता श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका थिए। त्यसपछि बेलुकी साढे ६ बजेतिर गगनकुमार थापाले उम्मेदवारी मनोनयन गरेका हुन्।

थापापछि नेता किशोरसिंह राठौरले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन्। राठौर १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा निर्वाचित भएका थिए।











