संसदमा गगनले नेतृत्व लिन्छन् संगठनमा म : विश्व प्रकाश शर्मा ।

0
21474

मंसिर २७ काठमाण्डौं । नेपाली काँग्रेसका युवा नेता विश्व प्रकाश शर्माले पार्टीको नेतृत्व परिवर्तन गर्ने कुरा गौण भएको बताएका छन् । सभापति शेर बहादुर देउवाको कारण पार्टीले पराजय भोग्नु परेको भन्ने आरोप लागि रहेका बेला आश गरिएका नेताको यस्तो भनाई आएको हो । उनले अब काँग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका खेल्नु पर्ने भन्दै त्यसका लागि गगन थापा काफी रहेको बताएका छन् । गगनले संसदमा लिड गर्छन् म पार्टीको संगठन निर्माणमा लाग्ने छु उनले भने ।
शर्माले आगामी दिनमा थप उत्साहका साथ, थप जाँगरका साथ अगाडि बढ्ने बताएका छन्। सञ्चार खवरसँगको कुराकानीमा आफ्नो क्षेत्रको सांसद भएर काम गर्ने अवसर नपाए पनि पार्टीको नेताको हैसियतमा जनतको सेवामा लाग्ने छु यो नै मेरो कालखण्डको अन्तीम निर्वाचन होइन भन्दै जनताको जिनव स्तर फेर्न र पार्टीलाई दरिलो बनाउन आफुले सक्दो प्रयास गर्ने उनको भनाई छ । राष्ट्रिय रुपमा नेपाली काँग्रेसले सामना गरेको प्रतिकुलता, वामगठबन्धनको दर्विलो एकता, कतिपय एजेण्डा र मुद्दाहरुका बारेमा स्पष्ट ढंगले कुरा राख्न नसक्नु नै हाम्रो मुख्य कमजोरी हो। खासगरी पार्टीको केन्दी्रय नेतृत्वले विषेश रुपमा गम्भीर बन्न नसक्नु र कार्यकर्ता खबरदारी गर्न नसक्नु हाम्रो हारको कारण हो। यो आवश्यकतालाई बुझ्न सकिएन।
काँग्रेसलाई रिभाइज गर्न राष्ट्रव्यापी रुपमा काँग्रेसलाई नयाँ ढंगले संगठित गर्ने गराउने अभियानको नेतृत्व गर्ने दिशामा अघि बढ् भन्ने सन्देश झापा क्षेत्र नम्बर १ का मतदाताले आफुलाई दिएको शर्माको भनाई छ। संगठन संगठित गर्दै अर्को पटक सुदृढ काँग्रेस नयाँ नेतृत्वका साथ अघि बढाउने यात्रामा आफु संलग्न हुने उनको भनाई छ।
आगामी दिनमा काँग्रेसलाई सवल बनाइ राख्न देश ब्यापी कार्यक्रम सञ्चालन गर्ने उनको योजना रहेको छ ।