२०८३ कार्तिक १७ गते सोमबार
२०८३ कार्तिक १७ गते सोमबार

जापानका लागि प्रस्तावित राजदूत थापाले फिर्ता लिए नाम

जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् ।

संसदीय सुनुवाइका क्रममा जापानको स्थायी आवासीय अनुमति (पीआर) लिएको विषयमा प्रश्न उठेपछि थापाले राजदूत नियुक्तिको सिफारिसबाट नाम फिर्ता लिने निर्णय गरेका हुन् ।

 

स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठेकाले नाम फिर्ता लिन लागेको संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले थापाले बताए । उनले केहीबेरमा औपचारिक निवेदन पठाउने छन् ।

गत असोज २८ गते भएको सुनुवाइमा थापाले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए । तर, संविधानको धारा २९१ र पीआर त्यागेको अवधिबारे सांसदहरूले प्रश्न उठाएपछि उनको सुनुवाइ टुंगिएको थिएन ।

यसअघि राजदूत नियुक्तिका लागि सिफारिस गरिएका १३ जनामध्ये १० जनाको नाम समितिले अनुमोदन गरेको थियो । साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम भने अस्वीकृत भएको थियो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।