नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू नतर्सिने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै तर्साउने धेरै आए पनि आफ्नो तर्सिने बानी नरहेको बताएका हुन् ।
प्रधानमन्त्री बालेनले आइतबार फेसबुकमा ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’ भन्दै स्टाटस लेखेका थिए ।

त्यसको भोलिपल्ट सोमबार कांग्रेस सभापति थापाले ‘अहिले ठीक १८:०० बजेको छ । तर्साउने धेरै आए, तर्सिने बानी परेन’ भन्दै स्टाटस लेखेका हुन् ।











