२०८३ कार्तिक १७ गते सोमबार
२०८३ कार्तिक १७ गते सोमबार

प्रतिपक्षीको एकै स्वर- संसद् बैठक बोलाऔँ

संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरुले संसद बैठक आह्वान गर्न माग गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थीत कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको प्रतिपक्षी दलहरुको बैठकले छिटो भन्दा छिटो संसद आह्वान गर्न सभामुखसंंग आग्रह गर्ने निर्णय गरेको हो ।

हालै बिचौलियाहरूसँग जोडिएका बिषयका साथै न्यायपालिकाको कार्यप्रणाली र प्रेससँग सम्बन्धित संवेदनशील मुद्दाहरूहरुलाई सतहमा छलफल हुनुभन्दा संसदबाट नै निरुपण गर्नुपर्ने भएकाले संसद आह्वानका लागि आग्रह गर्ने निर्णय गरिएको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले जानकारी दिए ।

संसद्लाई छलेर अध्यादेशबाट मात्रै सबै कार्यहरू अगाडि बढाइएमा संसद्को गरिमा र अपरिहार्यतामाथि आँच आउने हुनाले संसद्लाई छिटो बोलाएर निष्कर्ष निकाल्नुपर्ने उनले बताए ।

त्यस्तै बैठकले गम्भीर र संवेदनशील विषयहरूको उचित टुङ्गो लगाउन प्रतिपक्ष दलका नेताहरूबीच बैठक बसी साझा धारणा तयार पार्ने र देश तथा जनताको हितका लागि सधैं सहकार्य गर्ने निर्णय भएको आङदेम्बेले बताए ।

उनले महाअभियोगबारे रास्वपा स्पष्ट नभएको भन्दै रास्वपाले यस बिषयलाई उठान गरेमा बिपक्षी दलले आवश्यक धारणा बनाउने उल्लेख गरे ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।