श्रावण ५, २०७३ । शिक्षण अस्पतालमा अनसरत चिकित्सक डा गोविन्द केसीको अभियानमा एक्येवद्धता जनाउँदै बोष्टन र वासिङ्टन डिसी मेट्रो क्षेत्रका नेपाली आप्रवासीहरुले प्रर्दशन गरेका छन् । उनीहरुले डा केसीको मागलाई सम्बोधन गर्न सरकारसँग अपिल गरेका छन् । बोस्टनमा गत आइतबार डा केसीको सर्मथनमा प्रर्दशन गरिएको थियो । हावर्ड विश्वविद्यालयको छेउमै अवस्थित हावर्ड स्क्वायरमा आयोजित कार्यक्रममा सहभागीहरुले ‘भष्ट्राचारको अन्त्य गर’, ‘गोविन्द केसीलाई बचाउ, स्वास्थ्य क्षेत्रलाई बचाउ’, र ‘भष्ट्राचारीलाई तिरष्कार गरौं’ अकिंत प्लेकार्ड सहित प्रर्दशन गरेका थिए । उनीहरुले विशेषतस् राजनीतिमा देखिएको बेथिती कारण डा। केसीले पटक पटक आमरण अनसन गर्नुपरे पनि सरकार र राजनीति क्षेत्र असंवेदशील भएको टिप्पणी गरेका थिए । कार्यक्रमको अगुवाई गरेका लेखक शिवप्रकाशले कान्तिपुर सँगको कुराकानीमा संख्यात्मक रुपमा कार्यक्रम त्यति उल्लेखीय नभएपनि मुलुकमा विद्यमान बेथिती एवं भष्ट्राचार विरुद्व आवाज बुलन्द गरिएको बताए । उनले भने ‘स्वास्थ्य क्षेत्रमा व्याप्त बेथितीको मात्र होइन मुलुकको हरेक क्षेत्रको विकृती एवं भष्ट्राचारको विरुद्व आवाज उठाउने, अभियान थाल्ने डा। केसीको सर्मथनमा आफुहरुलाई उभ्याउँदा हाम्रो लागि गर्वको पक्ष हो ।’ कार्यक्रममा गोरखापत्रका पुर्व प्रधानसम्पादक रमेश शर्मा, अमेरिकी मानवअधिकार कर्मी जोन टि ले पनि डा। केसीको विविध पक्ष माथि चर्चा गर्दै उनको जिवनरक्षाका लागि अपिल गरेका थिए ।
त्यसैगरि मंगलबार डिसी मेट्रो क्षेत्रमा पनि डा। केसीको सर्मथनमा कार्यक्रम आयोजना गरियो । भर्जिनियाको मनाससमा आयोजित कार्यक्रममा ददी ढुङगाना, पदमराज रेग्मी, कृष्ण रेग्मी लगायतका वक्ताहरुले तीन करोड नेपाली जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने मागहरुसहित आमरण अनसन बसेका डा। केसी प्रति सरकार रसांसदरुको वेवास्तालाई निर्लज्ज र विवेकहीनको संज्ञा दिएका थिए । दर्जनौं उपस्थित सो कार्यक्रममा डा। केसीको जिवनरक्षाको अपील गर्दै सरकार र सदनको गम्भीर ध्यानाकर्षण गराएका थिए ।