२०८१ माघ २९ गते मंगलवार
२०८१ माघ २९ गते मंगलवार

काठमाडौं। आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति, सुरक्षा, सुव्यवस्था र अमनचयन कायम गर्न नसक्ने बताएका छन् ।

आज (शुक्रबार) वीरगञ्जमा आइटी आर्मीको भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले अहिलेको सरकारले शान्ति, सुरक्षा कायम गर्न नसक्ने ठोकुवा गरेका हुन् । उनले बाढी, पहिरोको विपत्तिमा परेर जनता मर्दासमेत प्रधानमन्त्री जनताको घरदैलोमा जान नसकेको र हालै आफ्नै जिल्ला झापामा भ्यू टावर (सेतो हात्ति) उद्घाटन गर्दा जनतालाई लामवद्ध बनाएर शरिर खानतलासीजस्तै चेकजाँच गर्नुले प्रधानमन्त्री ओलीले आँफै असुरक्षित महशुस गरेको टिप्पणी गरे ।

उनले भने,’अहिलेको सरकारबाट देशमा शान्ति, सुरक्षा र अमनचयन कायम हुन सक्दैन् । स्वयम सरकारको नेतृत्वमा बसेका केपी ओलीले असुरक्षित महसुस गरेको देखिन्छ । नत्र भने भने जनता बाढि, पहिरोमा परेर मरिरहँदा प्रधानमन्त्री जानुपर्दैन थियो, उहाँ अमेरिकामा शयर गरेर बस्नुभयो । नेपाल फर्किनेबित्तिकै तुच्छ बोल्नुभयो । अहिले झापामा भ्यू टावर, म त यो टावरलाई सेतो हात्ति भन्छु, त्यो उद्घाटन गर्न जानुभयो, त्यो टावर पनि नक्शा पास गरेको छैन अरे, उद्घाटन गर्नपनि कत्ति हतार हौ रु धरहरामात्रै कति चोटि उद्घाटन गर्नुभयो, सबैलाई थाहै छ । झापाको भ्यू टावर उद्घाटन गर्दा जनतालाई लामवद्ध बनाएर चेकजाँच गरेको भिडिओ बाहिरिएको छ । कस्तो विडम्बना । जनतासँगै असुरक्षित हो र रु हो भने किन सत्तामा बस्नु ?’

उनले अहिले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएर कांग्रेर र एमालेले लोकतन्त्रको नै भद्दा मजाक बनाएको आरोप लगाए । साहले आजपाले दलतन्त्रको अन्त्यको लागि गत वर्ष नै तेस्रो आन्दोलनको उद्घोष गरेको स्मरण गर्दै अब निर्णायक कदम चाल्ने बेला आएको बताए । उनले अहिलेको व्यवस्थाबाट मुलुक पार नलाग्ने ठोकुवा गरे । बेथिति, भ्रष्टाचार र कुशासन मौलाएर दलतन्त्रलाई मलजल गर्नुबाहेक यो व्यवस्थाले केही नगरेको भन्दै अब आफूहरुको नेतृत्वमा देशलाई निकास दिलाएरै छाड्ने उनको घोषणा छ ।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले निजामती कर्मचारी र राजनीतिकर्मीले आफ्नो भूमिका र जिम्मेवारीप्रति ईमान्दार हुनु पर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन, विभागीय कार्य समिति सर्वोच्च अदालतको नवौं अधिवेशनमा
महरले सबै आआफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भने, ूदेश विकास र समाज सेवाका लागि हाम्रा सबैले आ-आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक लिन आवश्यक छ। कर्मचारीहरूले मात्र तलब पाउने उद्देश्य राखेर काम गर्ने र राजनीतिकर्मीहरूले भोट मात्र खोज्ने सोचाइले देशलाई अगाडि बढाउन सक्दैन।ू

महरले राजनीतिक नेतृत्व र निजामती कर्मचारीबीचको सहकार्यले मात्र सुशासन र विकास सम्भव हुने बताए। उनले थपे, ूराजनीतिकर्मीहरूले नीति निर्माणमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ र कर्मचारीहरूले ती नीतिहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्छ। त्यसैमा मात्र देश र जनताले समृद्धिको अनुभूति गर्न सक्छन्।ू

कार्यक्रममा उनले निजामती कर्मचारीहरूका चुनौती र समस्याहरूप्रति सरकारको ध्यानाकर्षण गराउँदै भने, ‘कर्मचारीहरूको व्यावसायिक क्षमतामा अभिवृद्धि गर्न, उनीहरूको काम गर्ने वातावरण सुधार गर्न, र उनीहरूको आर्थिक तथा सामाजिक सुरक्षामा ध्यान दिनु आजको आवश्यकता हो। कर्मचारीहरूले प्रोत्साहन पाए मात्र उनीहरूबाट उत्कृष्ट सेवा प्राप्त गर्न सकिन्छ। सरकारले राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च राखेर काम गर्ने वातावरण निर्माण गर्नुपर्छ ।’

ली क्वान युको स्मरणग्रन्थ ‘सिंगापुर फ्रम थर्ड वर्ल्ड टू फस्ट वर्ल्ड’ लाई महरले उधृत गर्दै भने ‘राम्रो सरकार हुन राम्रा मानिस चाहिन्छ । जतिसुकै राम्रो प्रणाली भए पनि खराब नेताले जनताको हानि गर्दछन् । सिंगापुरको विकासको एक मात्र कारण मन्त्रीहरूको क्षमता र उनीहरूलाई सघाउने उच्चस्तरका कर्मचारीहरू हुन् । 

कार्यक्रममा महरले भने, ‘न्यायालय मात्र होइन, अन्य सरकारी निकायमा पनि कर्मचारीहरूले आफ्नो भूमिका अझ जिम्मेवार र पारदर्शी बनाउन सकून् भन्ने वातावरण निर्माण गर्नुपर्छ। हामीले सुशासन, पारदर्शिता, र समर्पणमार्फत मात्र राष्ट्रलाई नयाँ उचाइमा पुर्‍याउन सक्छौं।’

साथै महरले निजामति ऐन सबैको साझा विषय भएकाले सबैको हल्लाह र सहकार्यमार्फत थप समृद्द बनाउनुपर्ने कुरामा समेत जोड दिए ।

सर्वोच्च अदालतको विभागीय समितिद्वारा आयोजित कार्यक्रममा निजामती कर्मचारीको अधिकार र उत्तरदायित्वका साथै तल्लो तहसम्म सेवा प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको थियो।

चितवन राइनोज बिराटनगर किङ्ससँग ५१ रनले पराजित भएको छ।

शुक्रबारको दोस्रो खेलमा त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा बिराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन माब बनाउन सक्यो। 

यसअघि पहिलो इनिङ्समा विराटनगर किङ्सले पहिले ब्याटिङ गर्दै २० ओभरमा १८१ को प्रतिस्पर्धात्मक स्कोर बनाउँदै १८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

बसीर अहमदले ४४ बलमा ६८ रन बनाए, जसमा ४ चौका र ४ छक्का समावेश थियो। उनले १५४.५४ को स्ट्राइक रेटमा प्रभावशाली प्रदर्शन गरे।

राजेश पुलामीले मात्र २० बलमा ३३ रन बनाएर टोलीलाई राम्रो अन्त्य प्रदान गरे। उनको इनिङ्समा १ चौका र ३ छक्का समावेश थिए।

चितवनका सोहेल तनवीर ले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए। रिजन ढकालले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा ४० रन दिएर २ विकेट झारे।

विराटनगरको इनिङ्सको अन्तिम पाँच ओभरमा ७४ रन बन्यो। जसले उनीहरूको स्कोरलाई बलियो बनाएको हो। चितवन राइनोजका बलरहरूले सुरुमा राम्रो प्रदर्शन गरे पनि अन्त्यतिर रन रोक्न असफल रहे।
 

स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीका लागि न्यूनतम पारिश्रमिकको व्यवस्था कायम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै स्वास्थ्य प्रतिष्ठान, सरकारी अस्पताल, मेडिकल कलेज, सामुदायिक तथा निजी अस्पताललाई पत्राचार गर्दै न्यूनतम पारिश्रमिकलगायतका सुविधा उपलब्ध गराउन भनेको हो।

मन्त्रालयको परिपत्रमा भनिएको छ, ‘मेडिकल कलेज तथा स्वास्थ्य संस्थाबाट नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीको पारिश्रमिकलगायतको सुविधामा अन्याय भएको भनी गुनासो आएको सम्बन्धमा स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीका लागि न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकारसरह नघट्ने गरी लागू गर्न यही मंसिर २७ गते सचिवस्तरीय निर्णय भएको छ।’

तोकिएको समयभन्दा बढी कार्यका लागि अतिरिक्त भत्ताको व्यवस्था गर्न, स्वास्थ्य तथा शैक्षिक संस्थाले करार (नियुक्ति सम्झौता) गरी राख्नुपर्ने, ज्यालादारीमा कार्य गराउन नपाइने, सक्कल शैक्षिक लब्धांकपत्रमा कार्यलयले राख्न नपाइने र अनुभवको प्रत्र प्रदान गर्नुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।

त्यस्तै, नर्सिङलगायतका अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणालीबाट मात्र उपलब्ध गराउनुपर्ने पनि मन्त्रालयको निर्देशनमा उल्लेख छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नर्सलगायत सबै स्वास्थ्यकर्मीको पारिश्रमिक र अन्य  सुविधा बढाउने प्रतिबद्धता व्यक्त गर्दै आएका थिए। मन्त्री पौडेलको निर्देशनमा मन्त्रालयले न्यूनतम पारिश्रमिकलगायतका सुविधा कायम गर्न निर्णय गरेको हो।

हैदराबादको सन्ध्या थिएटरमा ४ डिसेम्बरमा भएको भागदौडमा महिलाको मृत्युको घटनामा संलग्न रहेको आरोपमा तेलुगु फिल्म उद्योगका सुपरस्टार अल्लु अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ ।

अल्लु अर्जुन अभिनित ’पुष्पा २ः द रुल’ को प्रिमियर शोका क्रममा घटना भएको थियो । अनियन्त्रित भीडका कारण भागदौड मच्चिएपछि ३५ वर्षीय रेवतीको मृत्यु भएको र उनका ९ वर्षीय छोरा श्री तेजा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

चक्कडपल्ली प्रहरी चौकीको टोलीले अल्लु अर्जुनलाई शुक्रबार बिहान जुबिली हिल्सस्थित उनको निवासबाट नियन्त्रणमा लिएको हो । उनलाई प्रहरी चौकीमा लगेर घटनाबारे सोधपुछ गरिने प्रहरी स्रोतले जानकारी दिएको छ । पीडित परिवारको उजुरीका आधारमा अभिनेता अल्लु अर्जुन, उनको सुरक्षा टोली र थिएटर व्यवस्थापनविरुद्ध भारतीय न्याय संहिताको धारा १०५ र ११८ (१) अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

पोखरा । सहकारी ठगी प्रकरणमा थुनामा रहेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् । बिहीबार साँझबाट जोशीलाई अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले जानकारी दिए । उनका अनुसार जोशीलाई गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको छ ।

बिहीबार स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको थियो । सो क्रममा डाक्टरले अस्पताल भर्ना गर्नुपर्ने बताएपछि उनलाई भर्ना गरिएको हो । असोज ६ गते काठमाडौं शंखमुलबाट पक्राउ परेका जोशी त्यसयता प्रहरी हिरासतमा छन् ।

उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान जारी । उनीमाथि पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, सहारा चितवन, वीरगञ्जको सोनोपाइला सहकारी, काठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धान भइरहेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सको प्लेअफमा पुग्ने सम्भावना बलियो बनेको छ ।

आज (शुक्रबार) लुम्बिनी लायन्सलाई ५ रनले पराजित गर्दै कर्णालीले अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको हो । ६ खेलबाट उसको ८ अंक भएको छ । हारपछि लुम्बिनी भने एक जितमा सीमित बन्यो । लिग चरणका ७ खेलमा उसले चितवन राइनोजलाई मात्र पराजित गर्न सक्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो । उसका लागि टम मुर्सले ३६ र सन्दीप जोराले २४ रनको योगदान गरे । जिसन मक्सुले २ विकेट लिएपनि कर्णालीको हार भने टार्न सकेनन् ।

यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १२८ रनको योगफल तयार पारेको थियो। उसका लागि विलिएम बोसिष्टोले सर्वाधिक ४४ रन बनाए । अर्जुन घर्तीले २५ रन जोड्दा बाबर हायात २० रनमा आउट भए । बिकास आग्रीले ३ र तिलक भण्डारीले २ विकेट लिए । लिगमा शुक्रबार नै चितवन राइनोज र विराटनगर किङ्सबीच खेल हुनेछ ।

काठमाडौं । मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २६ जनाविरूद्ध मुद्दा दर्ता भएको छ ।

जिल्ला अदालत मोरङमा बिहीबार सरकारी वकिलको कार्यालयले २६ जनाविरूद्ध मुद्दा दायर भएको हो । अहिले तीन जना मात्रै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । उनीहरूविरूद्ध अहिले सहकारीको बचत रकम अपचलनमा मात्रै मुद्दा दायर भएको हो ।

सरकारी वकिल कार्यालयका अनुसार उक्त सहकारीको २२ करोड बिगो मागदाबी गरिएको छ । अञ्जला उक्त सहकारीकी पूर्व सञ्चालक हुन् । सहकारीका वर्तमान अध्यक्ष धनपालथान–४ घर भइ विराटनगरको शान्ति चोक बस्दै आएका शम्भुप्रसाद रौनियार, सहकारीका उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ र कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंहविरुद्ध मुद्दा दायर भएको छ ।

यस्तै सञ्चालक समिति सदस्य जहदा गाउँपालिका–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी तथा धनपालथान–२ का जितमान ठाकुर, लेखा समितिका संयोजक धनपालथानका विजयकुमार यादव तथा सदस्यहरु सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासलगायत २६ जनालाई प्रतिवादी बनाइएको छ ।

दमौली(तनहुँ) । मुग्लिन-पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ ।

जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८:०० देखि साँझ ६:०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ । 

सिङ्गापुर । भारतीय किशोर प्रतिभा गुकेश डोम्माराजू सिङ्गापुरमा आफ्नो शृङ्खलाको अन्तिम खेलमा चीनका डिङ लिरेनलाई हराएर बिहीबार विश्वको सबैभन्दा कम उमेरको निर्विवाद विश्व चेस च्याम्पियन बनेका छन् ।

अन्तर्राष्ट्रिय चेस महासंघले सोसल मिडिया प्लेटफर्म एक्समा ‘इतिहासमा सबैभन्दा कम उमेरको विश्व च्याम्पियन’ भन्दै पोष्ट गरेको थियो । डिङले आफ्नो रोमाञ्चक अन्तिम खेलमा राजीनामा दिएपछि गुकेश विजयी भए ।

आफू नयाँ विश्व च्याम्पियन भएको थाहा पाएपछि गुकेस दुवै हातले अनुहार छोपेर रोए । 

अन्तिम खेलमा गल्ती गरेपछि ३२ वर्षीय डिङ टेबलमा लडे । यसले उनको प्रतिद्वन्द्वीलाई अवसर प्राप्त भयो । 

खेल हेर्न आएका धेरै भारतीय र भारतीय मूलका स्थानीय सिङ्गापुरवासीसहित उत्साही प्रशंसकहरूले खेल हेर्ने कोठामा जोडले हर्षोल्लास व्यक्त गरे ।

आफ्नो उमेरमा गुकेशले २२ वर्षको उमेरमा विश्व चैम्पियनको उपाधि जितेका रुसी गेरी कास्परोभको कीर्तिमानलाई पछाडि पारे । 

उनी पाँच पटकका विश्व चेस च्याम्पियन विश्वनाथन आनन्दपछि उपाधि जित्ने दोस्रो भारतीय पनि बनेका छन् । 

गुकेशको १४ औँ खेलमा भएको विजयले उनलाई ७.५ अंक र डिङलाई ६.५ अंक दिलायो । यसले उनको विश्व च्याम्पियनशिप चुनौतीका लागि सबैभन्दा कम उमेरमा पुग्ने असाधारण उत्थानलाई पक्का गर्‍यो । 

विजयमा उदार भएर गुकेशले डिङको प्रशंसा गर्दै साँचो च्याम्पियन जस्तो युद्ध गरेको बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।