२०८३ बैशाख २० गते आईतवार
२०८३ बैशाख २० गते आईतवार

एनपिएलको अन्तिम लिग खेलमा सुदूरपश्चिमसँग कर्णाली भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणका खेलहरू आज सकिँदै छ । अन्तिम लिग खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुँदैछन् ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहान ९ बजे सुरु हुनेछ । आजको खेलले प्लेअफमा पुग्ने चौथो टोलीको टुंगो लाग्नेछ ।

जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स प्रतियोगिताको प्लेअफ चरणमा पुगिसकेका छन् । प्लेअफ चरणमा पुग्ने एउटा टोलीको टुंगो लाग्नमात्र बाँकी छ । अब कर्णाली याक्स र काठमाडौँ गुर्खाजमध्ये एउटा टोली प्लेअफ चरणमा पुग्नेछन् ।

हालसम्म ६ खेल खेलेको सुदूरपश्चिम रोयल्स १० अंकसहित तालिकाको पहिलो स्थानमा छ । सात खेलबाट १० अंक जोडेको जनकपुर बोल्ट्स दोस्रो स्थानमा आसिन छ । सात खेलबाट आठ अंक जोडेको चितवन राइनोज तेस्रो स्थानमा छ ।

यसैगरी, लिग चरणको अन्तिम एक खेल बाँकी रहँदा ६ खेलबाट आठ अंक जोडेको कर्णाली याक्स चौथो र सात खेलबाट आठ अंक बटुलेको काठमाडौँ गुर्खाज पाँचौँ स्थानमा आसिन छन् । यी दुईमध्ये एक प्लेअफ चरणमा पुग्ने अन्तिम टोली बन्नेछ ।

सात खेलबाट चार अंक जोडेको विराटनगर किङ्स (छैटौँ स्थान), समान खेलबाट समान अंक बटुलेको पोखरा एभेन्जर्स (सातौँ स्थान)र सात खेलबाट केवल दुई अंक हात पारेको लुम्बिनी लायन्स(आठौँ स्थान) भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् ।

हाल आठ-आठ अंक रहेका तीन टोलीमध्ये सबैभन्दा नराम्रो नेट रन रेट काठमाडौँ गुर्खाजको रहेको छ । चितवन राइनोजको नेट रन रेट ०.६३४ रहेको छ । कर्णाली याक्सको नेट रन रेट ०.०९५ छ । काठमाडौँ गुर्खाजको नेट रन रेट भने –०.३२१ रहेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।