२०८२ असार २९ गते आईतवार
२०८२ असार २९ गते आईतवार

एनपिएलमा आज दुई खेल, फाइनल पुग्ने एउटा टीमको टुङ्गो लाग्ने

काठमाडौंको कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज (बुधबार) देखि प्लेअफ चरणका खेलहरू हुँदैछन् ।

आज लिग चरणमा तेस्रो स्थानमा रहेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्सबीच एलिमिनेटर खेल हुनेछ । यो खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । यस खेलमा हार्ने टिम बाहिरिने छ ।

एलिमिनेटरको विजेताले क्वालिफायर वानमा पराजित हुने टोलीसँग क्वालिफायर टु मा प्रतिस्पर्धा गर्नेछ । लिग चरणमा चितवन र कर्णाली दुवैले ७ मध्ये समान ४ खेल जितेका थिए । ८ अंक जोडे पनि नेटरनरेटमा चितवन कर्णालीभन्दा अघि रहँदै तेस्रो भएको थियो । बुधबारै पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दैछन्।

यो खेल दिउँसो १ बजे सुरु हुनेछ । यस खेलको विजेता टोली फाइनलमा पुग्नेछ । सुदूरपश्चिम शीर्ष स्थानमा रहेर र जनकपुर दोस्रो स्थानमा रहेर प्लेअफ पुगेको थियो । आजको क्वालिफायर जित्ने टिम सिधै फाइनल पुग्नेछ भने हार्ने टिमले इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायरबाट फाइनल पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ । लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।