अन्तराष्ट्रिय ब्यापार मेलाका नाममा ठगी गर्ने गिरोह काठमाण्डौबाट प्रक्राउ ।

0
891

साउन ३० काठमाण्डौ,प्रकाश चन्द्र दाहाल । आगामी सेप्टेम्बर ३० देखि अक्टोबर २ तारिख सम्म अमेरीकाको न्युर्योकमा वल्र्ड बिज्नेस म्यानेजमेन्ट एण्ड कज्सल्टेन्टले आयोजना गर्न लागिएको नेपाली बस्तु तथा उत्पादनका सामाग्रीहरुको प्रदर्शनीमा पठाइ दिने भन्दै बिभिन्न ब्यक्ति तथा संस्थाहरुले ठगि गरिरहेको उजुरीका आधारमा आइतबार प्रहरीले राजधानीमा छापा मारेको छ ।kabi

नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले ग्रीन एप्पल कन्सल्टेन्सीका सञ्चालक कविराज सेपखानलाई पक्राउ गरेको हो । मेला आयोजकले प्रहरीलाई दिएको प्रमाणका आधारमा प्रहरीले छापा मारेको हो । मेलामा पठाई दिने भन्दै बिभिन्न ब्यक्तिसंग १२ लाख रुपैया बुझेको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले ३५ जना भन्दा बढिलाई ब्यापार मेलामा पर्ठा दिने भन्दै रकम असुलेका थिए ।

पिडीतहरुले दिएको जानकारी अनुसार अमेरीका जान कुनै पनि कागजात नचाहिने भन्दै मेला आयोजको नक्कली कागजात मिलाएर भिसाको लागि प्रकृया समेत मिलाएका थिए । प्रहरीले डिल्लीबजारमा रहेको उनको कार्यालयमा करिव एक घण्टा लगाएर खानतलासी गरेको थियो । खानतलासीका क्रममा ग्रीन एप्पल कन्सल्टेन्सीको दर्ता समेत नभएको र उनले ट्राभल एजेन्सीको आधारमा कन्सल्टेन्सी चलाई रहेको भेटिएको छ । उनलाई किर्ते र ठगीको अभियोगमा मुद्धा चलाईने प्रहरीले जनाएको छ ।
आफ्नो कम्पनीको नाममा अन्य ब्यक्तिहरुले ठगी गरेको भन्ने आरोपका आधारमा वल्र्ड बिज्नेश म्यानेजमेन्ट एण्ड कन्सल्टेन्टका अध्यक्ष बुद्धि प्रसाद रेग्मी काठमाण्डौ आएर अनुसन्धानमा लाग्दा प्रमाण जुटे पछि प्रहरी समक्ष पुगेको रेग्मीको भनाई छ । यस्ते ब्यत्तिहरुका कारण आफुहरुले कराडौको लगानीमा देशको नाम चिनाउन गर्न लागेको ब्यापार मेला असफल बनाउन षड्यन्त्र भैरहेको पुष्टि भएकाले मेला निर्धारीत समयमै हुनेमा शंका नगर्न रेग्मीले आग्रह गर्नु भएको छ ।