२०८२ असार २४ गते मंगलवार
२०८२ असार २४ गते मंगलवार

रवि लामिछानेको सार्वजनिक तस्बिरबारे छानबिन गर्न समिति गठन

सामाजिक सञ्जालमा सार्वजनिक भएको रवि लामिछानेको हिरासतभित्रको तस्बिरबारे छानबिन गर्न समिति गठन भएको छ ।

गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।

समितिले ३ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउनुपर्ने गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी भोलाबहादुर रावलले जानकारी दिए । ‘समिति गठन भएको छ । समितिले सत्यतथ्य पत्ता लगाएर तीन दिनभित्र प्रतिवेदन दिन्छ,’ उनले भने ।

घटनाको प्रकृति हेर्दा प्रहरीको तर्फबाट गम्भीर लापरबाही भएको देखिने उनले बताए । ‘घटना हेर्दा प्रहरीको तर्फबाटै गम्भीर लापरबाही भएको देखिन्छ । घटना घटाउने व्यक्ति आइडेन्टिफाइ भैसकेको छ,’ उनले भने, ‘कसको गल्ती भएको हो छानबिनले देखाउँछ । गलत गर्नेलाई एक्सन लिन्छौँ ।’

कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले छानबिन आन्तरिक रूपमा सुरु भैसकेको बताए । कास्की प्रहरी परिसरभित्र ६ वटा हिरासत कक्ष छन् । २० वटा सीसीटीभी क्यामेराले ती हिरासत कक्षलाई कन्ट्रोल गरेको छ । लामिछाने हिरासतको ‘सिंगल’ कोठामा छन् ।

सार्वजनिक भएको तस्बिर डिसेम्बर १४ तारिखको दिउँसो ३ बजेर ५८ मिनेट १७ सेकेण्ड जाँदा खिचेको देखिन्छ । तस्बिर सार्वजनिक भएपछि एकातिर मानवअधिकार हनन् र अर्कोतिर प्रहरी परिसरको सुरक्षा थ्रेटलाई उदांगो बनाएको सुरक्षाका जानकारहरू बताउँछन् ।

 
 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।