भाद्र ७ काठमाण्डौ,प्रकाश चन्द्र दाहाल । वल्र्ड बिजनेस म्यानेज्मेन्ट एण्ड कन्सल्टेन्टको आयोजनामा आगामी सेप्टेम्बर ३० देखी अक्टोबर ०२ सम्म अमेरिकाको राजधानी न्युयोर्कमा हुन लागेको नेपाली सामान तथा बस्तुहरुको बृहत प्रदर्शनीको तयारी पुरा भएको आयोजक संस्थाका अध्यक्ष बुद्धी प्रसाद रेग्मीले जानकारी दिनु भएको छ । भिषा आबेदन गरेका १५० वटा कम्पनीको नेपाल स्थित अमेरीकी दुतवासले अन्तवार्ता मार्फत ३५ भब्द बढी कम्पनीका प्रतिनिधीलाई भिषा दिइसकेको रेग्मीले जानकारी दिनु भयो ।
अझै २०० वटा कम्पनीको आबेदकको अन्तर्वाता बांकी भएकाले अधिकांशले भिषा पाउनेमा आयोजक ढुक्क रहेकाछन । २५ भन्दा बढी कम्पनी प्रतिनिधीको अगाडि नै अमेरिकाको भिषा भएकाले मेलालाई बल पुगेको आयोजकको भनाई छ । नेपाल बाहेकका देशबाट मेलामा सहभागी हुनेहरुको संख्या ५० भन्दा बढि कम्पनीले स्टल दर्ता गराइसकेका छन् । अमेरिकामै रहेका स्थिानीय कम्पनीहरु पनि मेलालाई लिएर निकै उत्साहित बनेका छन । नेपाल तथा बिदेशबाट मेलामा सहभागी सफल हुनेहरुको संख्या उल्लेख्य भएकाले आयोजक उत्साहित छन ।
।
मेलाका बिषयमा केही सञ्चार माध्यमहरुमा आएका समाचारमा कुनै सत्यता नभएको र यस्ता समाचार को पछी नलाग्न पनि आयोजकले आग्रह गरेको छ । मेलामा सहभागी हुने कम्पनीका प्रतिनिधिहरुको सम्पूर्ण जानकारी आयोजकको वेबसाईटमा प्रस्ट सँग राखिएकाले कसैलाई थप जानकारी चाहिएमा वेबसाईट भिजिट गर्न वा नेपाल स्थित सम्पर्क कार्यलय मा संपर्क राखी बुझ्न सकिने कुरा आयोजकले जनाएको छ । संस्थाको नेपाल स्थित संपर्क कार्यालय पुतलिसडकमा रहेको हुंदा मेला सम्बन्धी सम्पुर्ण काम कार्यलयबाटै भैरहेको आयोजले जनाएको छ ।
मेलामा जान लाग्ने खर्चको सन्दर्भमा धेरै थरी कुरा आए पनी त्यस्तो केही नभएको आयोजकले स्पष्ट पारेको छ । स्टलको साइज, मेलामा जाने ब्यक्तीको सख्याको आधारमा मात्र कती खर्छ लाग्ने भन्न सकिने आयोजकले जनाएको छ । बिशेष गरेर तीन किसिमका स्टलको बुक गरिएको छ । जस्को न्युनतम मुल्य ७४९९ डलर देखी १०४९९ डलर सम्म रहेको छ । जुन रकमबाट दुइ तर्फी प्लेन टिकट , ५ दिन सम्म होटेलमा खाने बस्ने ब्यबस्था, ३ दिन सम्म मेलामा स्टलको ब्यबस्थापन गरिएको छ । मेलामा सहभागीले आफ्नो उत्पादन बेचेर फाईदा लिने भन्दा पनि दुरगामी रुपमा आफ्नो ब्यापार अमेरिका हुँदै बिश्वो बजार सम्म पुर्याउन मेला कोसेढुङा साबित हुने आयोजकले विश्वास गरेका छन । मेलालाई सफल बनाउन अमेरीका स्थित नेपाली दुतावास देखि नेपालका बिभिन्न एक दर्जन संस्थाले प्रबद्र्धकको रुपमा आवद्धता जनाएका छन् ।