२०८१ माघ ३ गते बिहीबार
२०८१ माघ ३ गते बिहीबार

३८ हलमा ५१ औं दिन मनाउने पहिलो नेपाली फिल्म बन्यो ‘पूर्णबहादुरको सारङ्गी’

नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले शुक्रबार ३८ सिनेमा घरमा ५१ दिनको सेलिब्रेसन गर्ने भएको छ।

कात्तिक १५ गते रिलिज भएको यो फिल्म दक्षिण भारतीय स्टार अल्लु अर्जुनको ‘पुष्पा २’सँग पनि भिडिरहेको छ।

यो अवधिमा आक्रामक व्यापार गरेको फिल्मले ग्रस कलेक्शन पनि ५० करोड बनाएको बताइन्छ।

वितरक मनोज राठीका अनुसार ‘पूर्ण बहादुरको सारङ्गी’ले ३८ वटा सिनेमा हलमा ५१ दिन मनाउन लागेको हो। सबैभन्दा धेरै हलमा ५१ औं दिन मनाउने फिल्मको रेकर्ड पनि ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा आएको छ ।

‘कबड्डी–४’ले साढे २३ करोड कलेक्सन गरेर बनाएको रेकर्ड यो फिल्मले ब्रेक गर्दै हालसम्मको सर्वाधिक ग्रसकलेक्सन गर्ने बनेको हो।

सरोज पौडेलको निर्देशन रहेको फिल्ममा विजय बराल मुख्य भूमिकामा छन्। विजयसँगै मुकुन भुसाल, बुद्धि तामाङ, प्रकाश सपूत, अञ्जना बराइलीलगायत कलाकारको अभिनय छ।

यो फिल्मले बलिउडका ठूला ‘सिंघम रिटर्नस’, ‘भूलभूलैया ३’ जस्तालाई नेपाली सिनेमा घरमा लामो समयसम्म टिक्न दिएन। यो फिल्म एकै दिन देशभरी सबैभन्दा बढी शो पाउने पनि पहिलो हो।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।