२०८१ माघ ३ गते बिहीबार
२०८१ माघ ३ गते बिहीबार

नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल

नेपाली पार्कर खेलाडी दिनेश सुनार २०औँ पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन्। यसपटक सुनारले पार्कर र जिम्नास्टिक खेलअन्तर्गत पर्ने ‘द मस्ट ब्लाइन्ड फोल्डेड ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्ड’ विधामा १४ पटकसम्म आँखामा पट्टी बाँधेर हात नटेकीकन पछाडि उल्टी हानेर नयाँ रेकर्ड थप गरेका हुन्। यस विधामा कम्तीमा १० पटकसम्मको मापदण्ड रहेको थियो।

‘सिटी अफ एक्रोनवार्ड टु गभर्मेन्ट’को आयोजनामा अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा भएको एक्रोन इन्टरनेसनल डान्स फेस्टिभल कार्यक्रमका अवसरमा विभिन्न फरक देशका तीन सयभन्दा बढी दर्शकको अगाडि खेल प्रस्तुत गरी उक्त रेकर्ड राखेका हुन्। यससँगै दिनेश २०औँ पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका छन्।

यस रेकर्डका लागि प्लाटियम प्रायोजकको रूपमा टप सप काठमाडौं र सतिसाल आइआइसीका सञ्चालक न्युयोर्कका सामाजिक अभियन्ता लाेकेश श्रेष्ठ थिए। उक्त फेस्टिभलमा मेक्सिको, जर्मनी, भारत, दक्षिण अफ्रिका, पोल्यान्ड, आइरल्यान्ड, भुटान, कोंगाे, इटाली, नेपाल, बर्मा, थाइल्यान्ड र अमेरिकाका सांस्कृतिक पहिचान झल्काउने नृत्य प्रदर्शन गरिएको थियो।

आफ्नो यो सफलता १२ वर्षदेखिको मिहिनेत र धैर्यताको प्रतिफल रहेको उनी बताउँछन्। उनले भने, ‘यो रेकर्ड प्रयास गर्न सुरुवात गरेको १२ भयो, निरन्तर लागिरहे र आज सफल भएँ।’

नयाँ पुस्ताहरूलाई पार्कर खेलमा अभिप्रेरित गरी खेलमार्फत देशको नाम विश्वसामु उँचो पार्न सकेकामा गौरवको महसुस गरेको उनी बताउँछन्। अमेरिकामा राखेको रेकर्डले नेपाल र अमेरिकाबिचको सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्नै बताउँदै उनले नेपाल र अमेरिकामा पार्कर प्रशिक्षण कार्यक्रम सञ्चालन गरी विश्वस्तरीय खेलाडी र प्रशिक्षक उत्पादन गर्नु आफ्नो लक्ष्य रहेको जानकारी दिए।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।