वर्षको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार अदुअआका सचिव सुबेदिलाई प्रदान गरिने.

0
322

 काठमाडौं ,२२ भदौ ।  आज १३ औं निजामति सेवा दिवस, दिवसको अवसरमा विहान प्रभातफेरीको आयेजना गरिएको छ । यस वर्षको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव शान्तराज सुवेदीलाई दिइने भएको छ । मुख्य सचिव डा.सोमलाल सुवेदीको संंयोजकत्वका गठित पाँच सदस्यीय पुरस्कार छनौट समितिले सचिव सुवेदीलाई सर्वोत्कृष्ट पुरस्कार दिइने निर्णय गरेको हो । पुरस्कारको राशि रु दुई लाख रहेको छ । पुरस्कार बुधबार नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजना गरिने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले वितरण गर्ने मन्त्रालयका उपसचिव सुप्रभा खनालले जानकारी दिए । यसैगरी सेवानिवृत राष्ट्र सेवक कर्मचारी सम्मान’को बुधबार दिवसको अवसरमा नाम घोषणा गरिनेछ । देशमा निजामति सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा दिवस मनाउन थालिएको हो । विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो । अहिले नेपालमा करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् ।