भदौ २२ काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जङ शाहीले आफू पद भन्दा पनि परिवर्तनको पक्षमा रहेको बताएका छन । तरुण दलको अध्यक्षको उम्मेद्धारको चर्चामा रहेका शाहिले आफू पदलोलुप मानसीकताको ब्यक्ति नभएको बताएका छन। शाहीले आफ्ना लागि अध्यक्ष पद भन्दा तरुण दलको आमूल परिवर्तन महत्त्व पुर्ण रहेको स्पष्ट पारेका छन । आगामी दिनमा तरुण दललाई बैचारिक धार बाट अगाडी बढाउन जरुरी रहेको उनको भनाई छ।
तरुण दललाइ अब सकारात्मक , रचनात्मक र सृजनात्मक संगठन निर्माण गर्न आवश्यक रहेको उनको भनाई छ । संगठनलाई गतिशील र युवाहरूलाई उधमशिल बनाउने आफ्नो उद्धेश्य रहेको युवा नेता शाहिले बताएका छन्। पार्टीका वरिष्ठ नेता राममचन्द्र पौडेलका बिश्वास पात्र भनि चिनिएका भुपेन्द्र जङ शाहिले बिगतमा पार्टीको महाधिवेशनमा केन्द्रिय सदस्यको उम्मेदवारी अन्तिम समयमा फिर्ता लिदै पौडेल समुहको लागि त्याग गरेका थिए ।
भर्खरै सम्पन्न नेबिसघको महाधिवेशनमा पनि केन्द्रिय अध्यक्ष बन्न आएको प्रस्तावलाई नेबिसघको पुर्ब केन्द्रिय उपाध्यक्ष समेत रहेका शाहिले नैतिकताको आधारमा त्याग गरेका थिए ।